झापा : झापा जिल्ला मेचीनगर नगरपालिका–६ स्थित मेचीखोला नजिकबाट दुईजना अवैधरुपमा सामान ल्याउने कारोवारी पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा आज उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख कृष्ण कोईरालाले बताए।
काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्ध बस्ने अजित नगरकोटी र सोही ठाउँका श्याम सुनुवार लाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले बोकेको झोला खोली चेकजाँच गर्दा निजले बोकेको झोला भित्र चाँदीका कुङ्गा ५ थान, तिङ्ग ठुलो ६२ थान, स्टोनवाला तिङ्ग २६ थान, सानो तिङ्ग २१ थान, सेरगेम ४ थान र फेकुम ४ थान गरी तौल गर्दा जम्मा १४ किलो र तामाको विभिन्न प्रकारको सामान २१ किलो समेत प्रहरीले बरामद गरेको हो।
उनिहरुलाई तत्कालै नियन्त्रणमा लिई उक्त चाँदिका सामानहरु नौ लाख अठार हजार दुई सय नौ रुपैया सतासी पैसा र तामाका बिभिन्न किसिमका समानहरु असी हजार गरी जम्मा नौ लाख अन्ठानब्बे हजार दुई सय नौ रुपैया सतासी पैसा०बराबरको माल सामान बरामद गरी कानुनी प्रकृया पुरा गरी आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको एसपी कोईरालाले जानकारी दिए ।