Aamsanchar

झापामा दादुराका संक्रमित चारजना, फागुन १० देखि खोप अभियान सुरु

Author Image
मङ्गलवार, फागुन ६, २०७६

बिर्तामोड । विगतका बर्षमा महामारीकै रुप लिएको दादुरा क्रमस संक्रमण कम हुदै भएको छ । सन् २०२३ सम्ममा दादुरा तथा रुवेला रोग निवारण गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य पूरा गर्न नेपाल सरकारले दुई चरणमा यसविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । दक्षिण एसियाली मुलुक र नेपालको समेत दादुरा र रुवेला रोग निवारणको लक्ष्य बमोजिम फागुन र चैतमा गरी दुईचरणमा यसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको हो ।

अभियान अन्तरगत झापामा पनि फागुन १० गतेदेखि दुईचरणमा दादुरा र रुवेलाविरुद्धको खोप तथा पोलियो थोपा खुवाउने कार्यक्रम सञ्चालन गरिने भएको छ । अन्य जिल्लामा फागुन १ गतेबाटै खोप अभियान सञ्चालन भएपनि झापामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम १० गतेसम्म सञ्चालन हुने भएकाले १० गतेबाट मात्रै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाको आयोजनामा विर्तामोडस्थित कनकाई अस्पतालमा आयोजित संचारकर्मीसंगको अन्तरक्रियामा अभियान सञ्चालनबारे जानकारी दिइएको हो ।

फागुन १० देखि पहिलो चरण र फागुन २१ देखि दोस्रो चरण अन्तरगतको अभियान सञ्चालन हुने झापामा माईपूर्वका ८ वटा पालिकामा फागुन १० देखि र माईपूर्वकै बाँकी दुईपालिकासहित माईपश्चिमका ५ गरी ७ पालिकामा दोस्रो चरणको अभियान अन्तरगत फागुन २१ देखि अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर