बिर्तामोड । अनलाईन दर्ताको समस्याले भारत भन्सारमा ट्याङकरहरु रोकिदा पूर्वी नेपालमा इन्धन आपुर्ति ठप्प भएको छ । शुक्रवारदेखि दर्तामा समस्या आएकाले तेल लोड भएका ट्याङकर आउन सकिरहेका थिएनन् ।
पानीट्याङ्की भन्सारमा रोकिएर राखिएका ट्याङ्कर आज साँझबाट नेपाल प्रवेश शुरु गरेको नेपाल आयल निगम लिमिटेड चारआलीले जनाएको छ । अनलाइन दर्तामा समस्या देखिएपछि नेपाल आउने ७ लाख लिटर डिजेल र सवा २ लाख पेट्रोल पानीट्याङ्की मै रोकिएको थियो । नेपाल आयल निगम लिमिटेड चारआलीका प्रमुख विपिन कुमार श्रेष्ठका अनुसार १० वटा ट्याङकर आइसकेका छन्, ति ट्याङकरमा आएको तेल वितरण भइसकेको छ । रातभरसम्ममा सबै ट्याङ्कर नेपाल आउने भएकाले भोली विहानसम्ममा इन्धनको आपुर्ति सहज हुने जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 506