चारपाने। विगतका बर्षमा हरेक फागुन ७ गते आयोजना हुदै आएको प्रकाश स्मृति दिवस यसबर्ष पनि बुधबार कोटिहवन स्थित आचार्य बन्धुको सभाहलमा स्मृति सभा सम्पन्न भएको छ ।
नौ बर्ष अघि इलाम कोलबुङका जुझारु युवा प्रकास आचार्य (पिसी)को झापा विर्तामोड नगरपालिका २ स्थित रामचोकमा सवारी दुर्घटनामा पनि मृत्यू भएको थियो । उनको स्मृतिमा परिवारले स्थापना गरेको अक्षयकोषबाट हरेक बर्ष समाजका संर्घशिल व्यक्तिलाई सम्मान र पुरस्कृत गरिदै आएको अक्षयकोषका संरक्षक स्व. प्रकाशका पिता चुडामणी आचार्यले जानकारी दिए ।
आचार्य बन्धु सेवा समाजको आयोजनामा आयोजित सम्मान कार्यक्रको सभाध्यक्ष समाजका अध्यक्ष दिनेश आचार्यले गरेका थिए भने नेपाल रेडक्रस सोसाईटी उपशाखा सुरुंगाका सभापति प्रविन तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि तिम्सिनाले पुकार अपाङग असक्त समाजकी अध्यक्ष निर्मला भट्टराई ओझा र वशिष्ठ भण्डारी समाजका अध्यक्ष दुर्गा भण्डारीलाई सम्मान पत्र, दोसल्ला ओढाई जनही २ हजार १ सयका दरले पुस्कृत गरेका थिए ।
सम्मान कार्यक्रममा स्व. प्रकाशकी आमा देवी आचार्य, धर्मराज आचार्य, राम आचार्य लगायतले स्व. प्रकाशको बारेमा स्मरण व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत चुडामणी आचार्य र संचालन पदम भेटुवालले गरेका थिए ।