काठमाडौं । मोवाइल र ईन्टरनेटको सहजताले धेरैलाई आफ्नो जिम्मेवारी र कर्तव्यवाट टाढा बनाई रहेको वेला प्रहरीको बर्दीमा टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका एक जना अधिकारी कारबाहीमा परेका छन् ।
महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका हुन् । प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले इञ्चार्जबाट तानेर अनुसन्धान थालेको छ ।
रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले थापाको ठाउँमा सई राजु प्रसाईंलाई पठाइसकिएको अनलाइनखबरलाई बताए । ‘बर्दीको दुरुपयोग गर्दै टिकटकमा भिडियो बनाउने अन्यविरुद्ध पनि अनुसन्धान भइरहेको छ’, उनले भने, ‘प्रहरी नियमावलीमा भएको व्यवस्था बमोजिम उहाँहरुमाथि कारबाही हुन्छ ।’
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 51