मोरङ : प्रेमको नाटक गरी नजिकिएका युवाले आफुहरु बिचको यौन सम्बन्धलाई भिडियो बनाएर ब्ल्याकमेलिङ शुरु गरेपछि मोरङको सुन्दरहरैचाकी एक बिवाहित महिला आत्माहत्या गर्न बिवश भईन ।
उनलाई आत्महत्या गर्न बिवश बनाएको आरोपमा सुन्दरहरैचाका ऋषिराम भट्टराई र सुन्दरहरैचा ६ की १९ बर्षिया सन्जिता निरौला बिरुद्ध आत्माहत्या दुरुत्साहन मुद्धामा पक्राउ गरी म्याद थप गरी अनुसन्धान भईरहेको छ । एक छोरीकी आमा समेत रहेकी सुन्दरहरैचा ५ की प्रिति तिम्सिना (अधिकारी) ले फागुन ८ गते सुन्दरहरैचा ५ स्थित भिमकुमारी ढकालको घरमा सलको पासो लगाई झुण्डिएको अबस्थामा फेला परेकी थिईन । उनी ढकालको घरमा डेरामा बस्थिन । उनका श्रीमान बैदेशिक रोजगारकिा शिलशिलामा बिदेशमा थिए । उनले छोडेको सुसाईड नोट र मोबाईलका आधारमा अनुसन्धान गर्दा उनलाई आत्महत्या गर्न बाध्य बनाएको देखिएकोले एक युवा र एक युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तो छ घटना बिवरण
विवाहित प्रिति एक छोरीका साथ डेरामा बस्थिन । सुन्दरहरैचाका ऋषिराम भट्टराई उनलाई पहिला देखि नै मन पराउँथे । उनीहरु सामाजिक सञ्जाल मार्फत थप नजिक भए । उनीहरु बिच अबैध सम्बन्ध समेत भयो । ऋषिले त्यहि क्रममा यौन सम्बन्धको भिडियो बनाए । पछि उनले डयाजलिङ क्वीन नामको फेसबुक प्रयोगकर्ता दिपा आईडीबाट सो भिडियो पोष्ट गरिदिने भन्दै पटक पटक मृतक सँग रकम असुलेका थिए ।
अनुसन्धानका क्रममा डयाजलिङ क्वीन,दिपा नाम गरेको आईडी ऋषि भएको र ईटहरीको गोर्खा डिर्पाटमेण्ड अगाडी पैसा लिन गएकी सुन्दरहरैचा ६ की सञ्जिता निरौलालाई ऋषिले पठाएको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक बिश्व अधिकारीले मंगलबार बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा बताए । बिभिन्न मितिमा पटक पटक धम्की दिँदै पैसा असुल्ने गरेको र आफुसँग पैसा नभएका कारण आफुले आत्माहत्याको बाटो रोजेको मृतक प्रितिले छोडेको सुसाईड नोटमा उल्लेख छ । पूर्वेली खबरबाट साभार