Aamsanchar

कौडाको खालमा प्रहरीको छापाः बिर्तामोडका ६ जना व्यापारी पक्राउ

Author Image
बुधवार, फागुन १४, २०७६

बिर्तामोड । बिर्तामोडमा मौलाउदै गएको अबैध खेल तास जुवाँ खेल्नेहरु धमाधम पक्राउ पर्दै भएको अवस्थामा फेरी एक समूह प्रहरी फन्दामा परेका छन ।  झापाको बिर्तामोडमा लामो समयदेखि जुवा खेलाइरहेको ठाउँमा इलाका प्रहरी कार्यालय अनारमनीले छापा मारेको हो । छापाका क्रममा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

बिर्ताबजार पूर्व मण्डामिल उत्तर कोपिला लिम्वूको घरमा छापा मारेर प्रहरीले प्रल्हाद चुडाल, डम्बर मगर, दिपेश क्षेत्री, कान्छा राई र बिशुलाल मेचेलाई नगदसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले घटनाको पुष्टि गर्दै ६ जना पक्राउ परेको जानकारी दिए ।

बिर्तामोडका प्रतिष्ठित व्यवसायीहरु जुवा खेलिरहेको सुचना पाएर पुगेको प्रहरी आएको थाहाँ पाउनासाथ जुत्ता चप्पल छोडेर भागेका थिए । उनीहरुले प्रयोग गरेको एउटा गाडी र सात वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जुवाखालबाट नगद नेपाली ९८ हजार र भारतीय एक हजार रुपैयाँ बरामद भएको डीएसपी रिजालले जानकारी दिए । नियमित कौडा खेलिने गरेको सूचनाका आधारमा प्रहरी लिम्वूको घरमा खानतलासी गर्न आज साँझ पुगेको थियो । डीएसपी रिजालले बिर्तामोडका सबै जुवाखालमा प्रहरी पुग्ने र कारवाही गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर