काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको केही दिनभित्र मिर्गौला प्रत्यारोपण हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिनुभएको हो । मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैटौँ दिनमा घर आएर काम शुरु गर्ने उहाँको भनाइ थियो ।
उहाँले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गर्नुभयो । ‘‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु’’, उहाँले भन्नुभयो, ‘‘ बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।’’
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 198