Aamsanchar

पत्रकार उपचार कोषलाई सञ्जीवनी सहकारीको सहयोग

Author Image
शुक्रवार, फागुन १६, २०७६

फोटो : सुरेन्द्र भण्डारी

बिर्तामोड: नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडस्थित सञ्जीवनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमका वीच अध्यक्ष यामकुमार चुडाल, सचिव मेघराज बाँस्तोलाले कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरीलाई उक्त रकम हस्तान्तरण गरे । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकार उपचार कोषलाई सहयोग गरिएको अध्यक्ष चुडालले बताए ।

कोषलाई रकम हस्तान्तरण कार्यमा महासंघ प्रदेश सदस्य रेजिना रोदन, झापा शाखा सल्लाहकार गोपाल काफ्ले, कार्यसमिति सदस्य सुशीला संग्रौला, पत्रकारहरु सुरेन्द्र भण्डारी, रोहित काफ्ले, राजकुमार ओली, उद्धव पुरी,सन्तोष न्यौपाने, नन्दलाल खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
महासंघका अध्यक्ष तारामणि सापकोटाका अनुसार कोषको व्याजबाट घाइते तथा विरामी पत्रकारलाई सहयोग प्रदान गर्न समेत थालिएको छ ।

कोषमा हाल ४० लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा कोषका संयोजक एकराज गिरीले जानकारी दिए । पत्रकार महासंघको सदस्यता प्राप्त गरिसकेका एक सयभन्दा बढी पत्रकार समेत कोषको सदस्य भइसकेका छन् । पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित महासंघद्धारा सञ्चालित अभियानमा सबैले सहयोग गरिदिन महासंघले आग्रह गरेको छ ।
कोषबाट सुविधा लिनका लागि महासंघका सदस्यले अनिवार्यरुपमा कोषको सदस्य बन्नुपर्ने कार्यविधिमा व्यवस्था रहेको कोषका सदस्य सचिव केशव भट्टराईले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर