काठमाडौं । म केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साथीलाई बिदाई गर्न गएको थिए त्यही समयमा एउटा काठको बाकसमा दुई तीन व्यक्तिले गुडाउदै पार्किङ स्थल तर्फ लगिरहेका थिए म भन्दा केही मिटर टाढा एक दुई जना महिला र बालबालिका ठूलो स्वरमा रोहेको आवाज आइरहेको थियो
कता कता मेरो मन कट्क खायो ।
वैदेशिक रोजगारीमा जिउँदै जाने युवाहरुको शव यसरी बाकसमा बन्द भएर आइरहेका छन् । दैनिक ९ देखि २४ वटासम्म शवका बाकस आउने एयरपोर्टका एक अधिकारीले जानकारी दिएका छन् । युवाहरु अकालमा किन विदेशमा मरिरहेछन्, तिनको ज्यान जानुको कारण प्राकृतिक हो कि अप्राकृतिक रु यस बारेमा तिनले पठाएको रेमिटान्सले सरकार चलाउनहरु यो मुद्दा बारेमा किन जानकारी लिदैनन्, मृत्यु किन भइरहेको छ भनेर छानबिन गर्दैनन् ?
यी लाशको बक्सा हुन् । यस्ता बक्सा खाडी मुलुकहरुबाट आउने प्रत्येक जहाजले बोकेर आउने गरेका छन् र आफन्तजन एयरपोर्ट पुगेर प्रक्रिया पूरा गर्छन र लाश बुझ्छन् । सरकार लाश आउने क्रमबारे कुनै चासो राख्दैन । किन लाश आइरहेका छन् ? किन प्रत्येक दिन लाश आउँछन् ? यसरी युवाको लाश आउनुको कारण के हो, यसको निदान के हुनसक्छ रु सरकार पटक्कै वास्ता गर्दैन । मनलागेर युवा गए, तिनको लाश आयो त के गर्नु रु यस्तै विचार राख्छ संवेदनहीन सरकार । युवाहरु यो सव देखिरहेका छन् र पनि वैदेशिक रोजगारीमा दिनहुँ हुत्तिरहेका छन् । के गर्नु, काम नभएपछि जानै पर्यो । युवाहरु विदेश पलायन हुने वाध्यतामा छन् । यो वाध्यता कम गर्न सरकार तैयार छैन, राजनीतिक दलहरुसँग कुनै उपाय छैन । दैनिक हजारौं युवायुवती गइरहेका छन् ।
कामका लागि खाडी मुलुक जाने युवायुवतीको लाश बन्द बाकसमा आउछ , एयरपोर्टको कार्गो सेक्सनमा । पैसा कमाउला, सुखसँग बसौंला, परिवारलाई सुख दिउँला भन्ने सपना बोकेर जाने युवाहरु दिनभर ४६ डिग्रीको चर्को घाममा काम गर्छन् र रात परेपछि एसीको चिसोमा सुत्छन् । दिनभरको थकाई मार्न ठाडो घाँटी पनि लगाउँछन् । चिसो र तातोको संयोजन शरीरले धान्न नसकेपछि कतिपय युवाहरु ओछ्यानबाट उठ्दै उठ्दैनन् । कति दुर्घटनामा पर्छन् ।
कति युवती उतै मरेका छन्, कति मानसिक सन्तुलन गुमाएर बहुलाई बनेर एयरपोर्टमा उत्रिने गरेका छन् । कतिपय युवाहरु रुँदै आउँछन् । कतिपय उतैका जेलतिर, उतैका सास्ती खाएर मृत्यु कुरिरहेका छन् । कतिपय युवाले हण्डर र ठक्करमात्र खाइरहेका छन् । केहीले राम्रो काम पाएका छन्, राम्रो कमाएका छन् । तर यो युवाशक्तिलाई नेपालमै रोजगारी सिर्जना थाल्ने कहिले ?
‘गएका थियौ उडेर आकाशमा, फर्केर आयौ बन्द बाकसमा’
रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रको सामाजिक मूल्य निकै महँगो बन्दैछ। हजारौं सुन्दर सपना पूरा गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर बादलको बाटो पराई भूमि झरेका नेपाली युवा(युवती बाकसमा प्याक भएर फर्किरहेका छन्।
‘नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा जसोतसो आइपुगेको शव सुटकेस बोक्ने ट्रलीमा घिसारेर पार्किङसम्म ल्याउनुपर्ने दर्दनाक अवस्था छ । बर्सेनि १ हजारभन्दा बढी शव भित्र्याउने एयरपोर्टमा सम्मानजनक रूपमा शव ल्याउने र परिवारलाई बुझाउने व्यवस्था नगरिनुले नागरिकप्रतिको असंवेदनशीलता र गैरजिम्मेवारपनालाई प्रस्ट पारेको छ ।
वैदेशिक रोजगारीमा गएका कामदारको उतै मृत्यु हुँदा शव ल्याउने प्रक्रियाबारे सर्वोच्च अदालतले गरेको फैसलामा उल्लेख भएका यी तथ्यले कैयौं यस्ता कथा भनिरहेका छन्, जसलाई हाम्रो राज्यप्रणालीले दिनहुँ देखेर पनि नदेखेझैं गरिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन करिब १४ सय नेपाली श्रमका लागि बिदेसिन्छन् । यसरी बिदेसिएकामध्ये विभिन्न कारणले उतै ज्यान गुमाएकाहरूको औसतमा तीन र चार वटा शव दिनहुँ भित्रिन्छन् । विदेशी भूमिमा पसिना पोखेर परिवार र आफन्तको सपना साकार बनाउन गएका युवा यसरी बन्द बाकसमा फर्किंदा विमानस्थलमा देखिने दृश्य अत्यन्तै हृदयविदारक हुन्छ । शोकविह्वल परिवारजनले शव बुझ्न विमानस्थल पुगेका बेला खेप्नुपर्ने सास्तीप्रति राज्य संयन्त्र भने विल्कुलै संवेदनाशून्य र अमानवीय देखिन्छ ।
‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा। कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा’
श्रीमतीको पेटमा काउकुती लगाइरहेको आफ्नो सन्तानसँग फर्केर खेल्ने रहर हुन्छ, उसको मनमा। खरले छाएको घरको छानोमा जस्तापाता हालेर कहिल्यै नचुहिने बनाउने सुन्दर सपना बुनेको हुन्छ।
अनगिन्ति आशिर्वाद थापेर उडेको नवयुवक कुरूप बाकसमा फर्किन्छ। प्रेम विवाह गरेको केही महिनामै मायाको चिनो पेटमा छाडेर जिन्दगीको पाटो र गाउँको बाटो फेर्ने आशा दिएर उडेको श्रीमान् सदाका लागि आँखा बन्द गरेर बाकसमा अरूले ल्याउँदै गरेको वेदना शब्दमा कसरी व्यक्त गर्न सकिएला र !
कामदारका सेवा–सुरक्षा र अन्तर्राष्ट्र्रिय नीति–नियमका प्रबन्धहरू विगतको भन्दा सहज र व्यवस्थित हुँदै गए पनि नेपाली श्रमजीवीका हकमा बन्द बाकसमा घर फर्कनुपर्ने नियति खासै घट्न सकेको छैन । सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका कुरा नारामै मात्र सीमित छ ।
विदेशबाट नेपाली कामदारले पठाउने आँसु–पसिनाको कमाइलाई हामी मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा भन्दै गणना गर्छौं । तर तिनै कामदारको विदेशी भूमिमा मृत्यु भयो भने ‘कारण नखुलेको’ वा ‘अध्ययनको विषय’ भन्दै पन्छिने सरकारी प्रवृत्ति कायमै छ । अस्वाभाविक मृत्युका हकमा नियमानुसार पोस्टमार्टम नहुने त छँदै छ, शव ल्याउने प्रक्रियामै समेत महिनौं लाग्ने गरेको छ ।
विदेशमा मृत्यु व्यहोर्ने कामदारका आफन्तको हकहितका पक्षमा अग्रसर हुनुपर्दा वैदेशिक रोजगार बोर्ड प्रश्न अघि सार्छ– मृतक कामदार कानुनी थियो कि गैरकानुनी रु शव ल्याउने वा क्षतिपूर्ति दिलाउने प्रश्न उब्जिनेबित्तिकै सरकारी निकायहरू ‘कागजातहीन कामदार’ भन्दै पन्छने गरेको पाइन्छ । जबकि रेमिट्यान्स बुझ्ने बेलामा कहींकतै यस्तोकित्ताकाट देखिन्न ।
अहिले पनि खाडी मुलुकहरूमा कुनै नेपाली कामदारको अस्वाभाविक मृत्यु हुँदा पोस्टमार्टम गर्न नपाइने स्थिति कायमै छ । साउदी अरेबियालगायत मुलुकबाट शव ल्याउन महिनौं लाग्ने गरेको छ । अनेकौं कठिनाइसित जुधेर फिर्ता भएको शव पनि सजिलो प्रक्रियाबाट आफन्तले बुझ्न पाइरहेका छैनन् ।
सर्वोच्चले आफ्नो फैसलामा ‘भारतीय भूमिमा रहेका कामदार’ समेतलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । तर, विडम्बना भारतसहितका केही दक्षिण एसियाली मुलुकमा रहेका कामदारलाई अझै पनि राज्य पद्धतिमा ‘आधिकारिक कामदार’ मानिएकै छैन । भारतको गोवामा केही वर्षअघि ज्यान गुमाएका ७ नेपाली कामदारको शव ल्याउन झन्डै एक महिना लागेको थियो । मृतकको दाङस्थित घरसम्म शव पुर्याउन वैदेशिक रोजगार बोर्डले शवबाहनसमेत दिन नचाहेको घटना वैदेशिक रोजगारमा गएकाहरूप्रति राज्यको बिझाइरहने रवैयाको दृष्टान्त हो ।
भ्रमण वर्षको जोडतोडले प्रचारप्रसार भइरहेका बेला विमानस्थलमा भित्रिने पर्यटक र शवका लागि एउटै ‘आगमन–द्वार’ प्रयोग गरिनु र यात्रुका सामान ओसार्ने ट्रलीमै कफिन ओसारिनु भनेको हाम्रो राज्य संयन्त्रले ‘जे गरे पनि चल्छ’ भन्ठान्ने मिचाहा र हेपाहा प्रवृत्तिको चरम नमुना हो ।
आप्रवासी कामदार र तिनका परिवारको अधिकार संरक्षणसम्बन्धी महासन्धि आवश्यक छ कि छैन भनेर चर्को बहसमा जानुअघि कफिन ल्याउन विमानस्थलमा अलग्गै बाटो र ट्रलीको व्यवस्था गर्न किन सकिन्न ? यिनै कामदारका नाममा उठेको कल्याणकारी कोषको करोडौं रुपैयाँ थन्किएर बसेको छ । त्यसैको झिनो अंश खर्चेर भए पनि आफन्तवियोगको पीडामा छटपटाइरहेका नागरिकप्रति संवेदनशील हुन राज्यलाई केले छेक्छ ?
भ्रमण वर्ष २०२० को मुखैमा पर्यटनमन्त्रीले विमानस्थलका शौचालयहरूमा गएर वस्तुस्थिति अध्ययन गरिरहेको समाचार आइरहँदा त्यही विमानस्थलको आगमन–द्वारमा फूलमाला लगाएका विदेशी पर्यटक र फूलमालाले ढाकिएको शवको बन्द बाकस एकैसाथ आइरहेको दृश्य कति सुहाउँदो देखियोू ? शव ल्याउने र आफन्तलाई जिम्मा लगाउने अति सामान्य व्यवस्थापनका लागि पनि अदालतकै आदेश पर्खनुपर्ने यो कस्तोप्रशासनयन्त्र हो ?
बन्द बाकसका शवलाई सम्मानजनक रूपमा ल्याउने र परिवारजनको संवेदनामा आँच नपुग्ने गरी घरसम्म पुर्याउने व्यवस्था तत्काल गर्नैपर्छ । विमानस्थलमा शव प्रतीक्षालयको भौतिक संरचना बनाउन वा अन्य उपयुक्त व्यवस्था मिलाउन ढिलाइ हुनुहुँदैन । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शवको पोस्टमार्टम स्वदेशमै गरेर मृत्युको कारण पत्ता लगाउन सर्वोच्चले दिएको आदेश पनि कार्यान्वयन हुनैपर्छ । राज्य केबल रेमिट्यान्सको लेखाजोखाका लागि मात्र होइन । विदेशी भूमिमा पसिना पोखेर त्यसको मूल्य भित्र्याउने आफ्ना नागरिकका दुःखमा साथ दिनु उसको अनिवार्य दायित्व हो ।
यो पनि पढ्नुस्–१० वर्षमा साढे बार हजार युवा विदेशबाट बाकसमा फर्किए
परिवारसहित युरोप, अमेरिकातिर बस्ने नेपालीको मृत्यु हुँदा धेरैको अन्त्येष्टि उतै हुने तर रोजगारका लागि खाडी, मलेसिया, कोरिया, जापान लगायतका देशमा बितेकाहरुको शव भने प्रायः नेपाल नै ल्याइन्थ्यो । तर, श्रम मन्त्रालय अन्तर्गतका सबै कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघ समेतलाई यसबारे कमै मात्र जानकारी थियो । त्यसपछि थाई, गल्फ र कतार एयरवेजको कार्गो रेकर्ड र विमानस्थलमा कार्गो पनि हृयाण्डल गर्ने नेपाल एयरलाइन्सका कार्गो शाखाका कर्मचारीहरुबाट तीन महिनाको दैनिक रेकर्ड भिडाएर हेर्दा मासिक ८० देखि १०० वटासम्म लास आउने गरेको पाइयो । समय निकालेर बुझ्दै गरिरहेकै बेला १४ भदौ २०७६ मा एकै दिन सात जना नेपाली थाई, गल्फ र कतार एयरवेजबाट कफिन ९शव राख्ने काठको बाकस० मा ओरालिएका देखिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस बेला दैनिक अवतरण गर्ने १९ वटा देशी(विदेशी एयरलाइन्समध्ये कुनै न कुनै एयरलाइन्सले नेपालीका शव ल्याएकै हुन्थे । त्यस बेलासम्म मलेसिया, साउदी अरब, युएई, कतार, कुवेत लगायतका देशमा १९ लाखभन्दा बढी नेपाली कामदार कार्यरत हुनुपर्छ । मत्यु हुनेमध्ये धेरैको सडक दुर्घटना, चर्को गर्मी, काम र बसोबासको दयनीय अवस्थाका कारण मृत्यु हुने गरेको पाइएको थियो ।
कमाउन गएकाहरु लास बनेर फर्किएको हृदयविदारक कथा जस्तै दलालबाट ठगिने, विदेश पुगेर अलपत्र पर्नेहरुको दुःखलाई मैले महसुस गरेको छु । संवत् २०६४ मा अलपत्र परेकाहरुबारे ‘हुँदैछ उद्धार’ रिपोर्टिङमा दलालको चंगुलमा परेर मलेसिया, साउदी अरब, कतार, बहराइन, ओमान, दुबई लगायतका देश पुगेका धेरै नेपालीको व्यथा थियो । त्यस बेला साढे चार लाख नेपाली कामदार रहेका मलेसियामा एक हजारभन्दा बढी नेपाली अलपत्र थिए । डेढ लाख नेपाली रहेको कतारमा करिब पाँच सय तत्काल उद्धार गरिनुपर्ने अवस्थामा थिए । खाडी मुलुकहरूमा नक्कली कम्पनीको नाममा पुगेर पछि भने जस्तो काम र तलब नपाएर, भिसा सकिएर र पासपोर्ट हराएर अलपत्र हुने अहिले पनि उत्तिकै भेटिन्छन् । अहिले पनि हजुरहरु मलेसिया पुग्दा अलपत्र परेर फर्किन चाहनेको संख्या करिब एक लाख भन्दा बडी हुनसक्छ । तीमध्ये हजारौं हजार नेपाली काम र तलब नपाएर कम्पनी छाडेर गैरकानुनी भइसकेका छन , हजारौं जना त जेल नै परेको पाईन्छ ।
सरकारले कडा सजायसहितको नयाँ ‘वैदेशिक रोजगार ऐन २०६४’ लागू गरे पनि ठगी घटेको छैन । श्रम तथा रोजगार प्रवर्द्धन विभागमा उजुरीको चाङ छ । म्यानपावर कम्पनी र दलालबाट ठगिएपछि स्वदेश र विदेशमा अलपत्र परेका घटना अहिले पनि दिनहुँ सुनिन्छन् । खाडी मात्रै हैन दलालहरुले हङकङ जस्तो ठाउँमा समेत धेरैलाई अलपत्र पार्दै आएका छन् । विभिन्न तरिकाले हङकङ पुगेका नेपालीहरू शरणार्थी भन्दै बस्न खोजेपछि अध्यागमन विभागले ६ जून २००५ देखि नेपाली कामदार र विद्यार्थीलाई प्रवेशाज्ञा (भिसा) दिनै बन्द गर्यो ।
वैदेशिक रोजगारका जोखिमको कुरा गर्दा १५ भदौ २०६१ मा इराकमा १२ जना नेपाली मारिएको र त्यसलाई लिएर नेपालमा ‘१६ भदौ काण्ड’ भएको धरेलै बिर्सेका छैनन् । वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा यस दिनलाई ‘कालो दिन’ को रुपमा सम्झिने गरिएको छ । अर्कोतिर, धेरै नेपाली कामदार लिने खाडी मुलुक र मलेसियाका कम्पनीमध्ये ५५ प्रतिशतले अहिले पनि निःशुल्क भिसा र टिकट उपलब्ध गराइरहेका छन् । तर बीचमै त्यो सुविधा खाने व्यवसायीहरू कामदारबाट थप रकम असुल्न दलाल परिचालन गर्ने र विदेशी कम्पनीसँग आफैं दलाली गरिररहेका छन् ।
कतिपय कम्पनीले निःशुल्क भिसा टिकटसँगै नेपाली म्यानपावर सञ्चालकलाई अलग्गै सेवा शुल्कको रूपमा कमिसन दिएकै भए पनि प्रतिकामदार थप ७०(८० हजार रूपैयाँ बेग्लै असुल्ने गरेका छन् । धेरैले ‘वैदेशिक रोजगारीको बारेमा रिपोर्ट प्रकाशित गरे पनि पछिल्ला दिनमा दलाली घटेको छैन, बरू थप संस्थागत बन्ने खतरा छ । यही दलाली राजको अन्त्य गर्न योजनाबद्ध तरिकाले लागिपरेका श्रममन्त्री गोकर्ण विष्ट योजनाहरु कार्यान्वयन नै गर्न नपाई १८ महिनामै मन्त्री पदबाट बाहिरिनुपर्यो
किन हुन्छ मृत्यु ?
बिदेशमा धेरैले ‘कार्डिक एरेस्ट’ का कारण ज्यान गुमाएको पाइन्छ । तथ्यांक अनुसार वर्षौंदेखि नै यो समस्याले नेपालीहरुमा उच्च छ । दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिक एरेष्टको शिकार हुने गरेको कार्डियोलोजिष्ट डाक्टर मिलन प्रकाश श्रेष्ठ बताउँछन् ।
त्यसैगरी मादक पदार्थका रुपमा विभिन्न केमिकलहरु मिसाएर खाने तथा एकैपटक धेरै मात्रामा रक्सी खानेलगायतका कारण पनि हृदयाघात हुने गरेको डाक्टर श्रेष्ठको भनाइ छ । हृदयाघातका कारण पनि धेरैले मृत्युवरण गर्नुपर्छ ।
यो पनि पढ्नुहोसघाट, काठ र खाटको कनेक्सनः कफिनमाथि सुत्छन् शहरका करोडपति
असन्तुलित खानपान तथा दैनिकी एवं मानसिक तनावका कारण नेपालीहरु विदेशमा हृदयाघात शिकार भएको बोर्डका अधिकारीहरु बताउँछन् ।
यस्तै ट्राफिक नियमबारे जान्न र त्यसको पालना गर्न खासै चासो नदिने नेपाली आनीबानीले पनि धेरै नेपालीहरुले सडक दुर्घटनामा परी मृत्यु अंगाल्नुपरेको छ । कार्यस्थलमा हुने दुर्घटनामा परेर मृत्यु हुनेहरुको संख्या पनि सानो छैन । यस्तो दुर्घटनामा बढीजसो निर्माण र औद्योगिक क्षेत्रका मजदुरहरु पर्ने गरेको बोर्डले जनाएको छ ।
कार्यस्थलमा सुरक्षा नअपनाउने र बढी जोखमयुक्त काममा नेपाली कामदारलाई लगाइने कारण कार्यस्थलमा हुने दुर्घटनाबाट अंगभंग हुने नेपालीको संख्या पनि ठूलो छ ।
रोजगारीमा गएका नेपालीहरु अपराधको शिकार पनि बन्ने गरेका छन् । लुटपाटमा संलग्न हुने समूहबाट तथा व्यक्तिगत रिसइवीमा पनि हत्याका घटना हुने गरेका छन् । नेपाली(नेपाली तथा अन्य देशका कामदारसँग झगडा गरेर पनि धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् ।
त्यसैगरी मृत्युदण्ड, प्राकृतिक प्रकोप लगायतका कारण पनि कामदारको ज्यान जाने गरेको छ । कतिपयको मृत्यु भने कालगतिले पनि हुन्छ । आत्महत्या गरेर विदेशमा मृत्यु रोज्ने नेपालीको संख्या पनि थोरै छैन ।
यस बिकराल समस्यालाई रोक्न के गर्न सक्छौं हामी सबै नेपालीले ?
युवा जमात, जो देश विकासको मेरुदण्ड हो। जनता जगाउने मात्र होइन, संसार थेग्ने आँट त्यही जमातमा हुन्छ। परिवर्तनको सपना हुन्छ, तातो रगत हुन्छ र संवेदनाले भरिपूर्ण मुटु हुन्छ।