बिर्तामोड । निरन्तर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आफ्ना सम्पुर्ण सदस्यहरु र आम नगरवासीहरुको श्वास्थ्यको मध्यनजर गर्दै दुईदिने निशूल्क आखा जाँच कार्यक्रम आजवाट सुरु गरेको छ ।
अहीलेको सिजन हावाहुरीको भएको र यो समयमा आखाको समस्या वेशी देखीने हँुदा यो कार्यक्रम ल्याइएको सहकारी संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार सिटौलाले जानकारी दिए ।
बिर्तामोडमा २०७० सालमा डिभिजन सहकारी कार्यालय झापामा बिधिवत दर्ता भई सेयर सदस्यहरुको र आम नागरवाशीहरुको हकहितमा यो संस्थाले कामगर्दै आइरहेको संस्थाका अध्यक्ष राजेश नेपालले बताएका छन ।
निरन्तर वचत तथा ऋण सहकारी संस्थाको आयोजना र बिर्ता आइकेयर बिर्तामोडको प्राविधिक सहयोगमा १९ र २० गते कार्यक्रम संचालन हुने संस्थाका सचिव हरि आचार्यले बताउनुभएको छ ।
आखा शिविरको पहिलोदिन ६० जनाले उक्त सेवा लिनुभएको बिर्ता आइकेयरकी प्रवन्धक रञ्जिता भट्टराईले बताईन ।
त्यसैगरी भोली २० गते पनि सेयर सदस्य तथा आम नगरवासिलाई यो सेवाको भरपुर पाईदा लिनुहुन संस्थाका सदस्य ,खेमराज बरालले आग्रह गरेका छन ।