Aamsanchar

भद्रपुरले पूरा गर्यो बालमैत्रीको १३ चरण

Author Image
मङ्गलवार, फागुन २०, २०७६

भद्रपुर : झापामा पहिलो बालमैत्री उन्मूख भद्रपुर नगरपालिकाले बाबालमैत्री स्थानीय शासनसम्बन्धी १३ चरण पूरा गरेको छ ।
बालमैत्री स्थानीय शासनसम्बन्धी पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान शुरु गरेको दुई वर्षमा १३ चरण पूरा गरेको हो ।

सोमबार बालमैत्री स्थानीय शासन नगर समितिको समीक्षा बैठकमा सो जानकारी गराइएको हो । समितिका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकमा अभियानका कार्यक्रम संयोजक सुमन ढकालले बालमैत्री अभियानका क्रममा भएका प्रगतिका बारे जानकारी गाएका थिए ।

नगरपालिकाले बालकोष स्थापना, बालबालिका बारे वस्तुगत विवरण तयारी, बालमैत्री अवधारणा बारे अभिमुखीकरण, विभिन्न तहमा बाल समिति गठन, बालमैत्री स्थानीय शासन कार्ययोजना निर्माण, सम्पर्कविन्दू तोकी इकाई र शाखाको प्रवन्ध, मापदण्डको आधारमा वडा र टोलहरु निर्माण, सामुदायिक संस्थाहरु ग्ठन, सरोकारवालाहरुको पहिचान र सञ्जाल निर्माण, सरोकारवालाहरुबाट प्रतिवद्धता घोषणा, आवधिक, वार्षिक योजना तर्जुमा गरी लगानीको सुनिश्चितताका साथ कार्ययोजना निर्माण, स्थितिपत्र तयारी र सार्वजनिकीकरण एवम् अनुगमन, समीक्षा र मूल्यांकनको व्यवस्थाजस्ता चरण पूरा गरेको छ भने पूँजीगत बजेटको १५ प्रतिशत रकम विनियोजन गरी लगानी गर्ने, सूचक निर्धारण गर्ने र बालमैत्री वडा र नगर घोषणा गर्ने चरण पूरा गर्न बाँकी रहेको छ ।

आगामी चैतमा यीचरण पूरा गरी सोही महिनाको अन्त्यतिर भद्रपुरलाई बालमैत्री नगर घोषणा गर्ने गरी बालमैत्री नगर अभियानलाई तीव्रता दिइएको नगरप्रमुख श्रेष्ठले बताएका छन् ।

यसैक्रममा सोमबार नै नगरपालिकाले विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल गरी राय सुझाव संकलन गरेको छ ।
बालमैत्री सूचक पूरा गरेका भद्रपुरभित्रका दुईवटा विद्यालय गत साता बालमैत्री विद्यालय घोषणा भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर