Aamsanchar

मकैको बीउ खरिदमा भ्रष्टाचार गर्ने उपर मुद्धा दायर

Author Image
बुधवार, फागुन २१, २०७६

ललितपुर। किसानलाई दिने मकैको बीउ खरिदमा भ्रष्टाचार गर्ने राष्ट्रिय बीउ बिजन कम्पनीका ८ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

११८.४६ मेट्रिकटन ९१ लाख ८४ हजार ४ सय ६० किलो बीउ खरिद गरेको भन्दै झुठ्ठा कागजपत्र बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरुलाई मुद्धा दायर गरेको हो ।

अख्तियारले राष्ट्रिय बीउ बिजन कम्पनी केन्द्रीय कार्यालय, काठमाडौंका प्रबन्ध सञ्चालक धर्मराज अधिकारी, तत्कालीन आर्थिक महाशाखा प्रमुख महेश कुमार पौडेल, का।मु। महाशाखा प्रमुख रेवती रमण ओझा, आर्थिक महाशाखाका तत्कालीन शाखा अधिकृत बिन्दु थापा, आर्थिक महाशाखामा कार्यरत बरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ, बरिष्ठ सहायक स्टोरकिपर धर्मेन्द्र कुमार झा, युनिक सिड कम्पनी धनगढीका लक्ष्मीकान्त ढकाल र बिजबृद्धि कम्पनी रत्ननगर, चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीलाई मुद्धा दायर गरेको हो ।

कम्पनीले किसानलाई बीउ खरिद गरी किसानलाई अनुदानमा उपलब्ध गराउनुपर्नेमा उनीहरुले आर्थिक वर्ष २०७३र०७४ मा खरिद नै नगरी झुठा कागजपत्र बनाएर भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उनीहरुमध्ये प्रबन्ध सञ्चालक अधिकारी, आर्थिक महाशाखा प्रमुख पौडेल, का।मु। महाशाखा प्रमुख ओझा, शाखा अधिकृत थापा, बरिष्ठ सहायक श्रेष्ठर स्टोरकिपर झालाई जनही ४६ लाख १५ हजार २०१ का दरले विगो कायम गरी जरिवाना र कैद सजायमाग गरिएको छ ।

त्यस्तै युनिक सिडका ढकाललाई र बिजबृद्धि कम्पनी रत्ननगर, चितवनका प्रबन्ध निर्देशक रामचन्द्र ३५ लाख ०६ हजार ४ सय र बिजबृद्धि कम्पनीका अधिकारीलाई ११ लाख ८ हजार ८ सय १ रुपैयाँ ६० पैसा बिगो कायम गरि कारबाही तथा सजायको माग गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर