Aamsanchar

आगामी तीन दिन हावाहुरी,चट्याङ र असिनाको सम्भावना, झापामा सिमसिम बर्षा

Author Image
शुक्रवार, फागुन २३, २०७६

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन मुलुकका केही स्थानमा मेघ गर्जनर चट्याङर हावाहुरीर असिना सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावका कारण मेघ गर्जनर चट्याङर हावाहुरीर असिना सहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

विभागले हाल देशको मध्य तथा पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । विभागले उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउ समेत अनुरोध गरेको छ ।यती वेला झापाको विभिन्न स्थानमा कालो बादल सहित सिमसिम बर्षा भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर