Aamsanchar

बालबालिका र ज्येष्ठ नागरिकलाई खाद्य सामग्री वितरण

Author Image
शनिवार, फागुन २४, २०७६

बिर्तामोड । भारतीय भूतपूर्व सैनिक संघ, महिला समितिले शनिबार अपाङ्गता भएका बालबालिका र ज्येष्ठ नागरिकलाई खाद्य सामग्री वितरण गरेको छ ।
संस्था स्थापना भएको तीन वर्ष पूरा भएको अवसर तथा १ सय १० औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संस्थाले बिर्तामोडको परोपकार तथा अनुसन्धान केन्द्रका बृद्धबृद्धालाई फलफूल र जुस ख्वाएको थियो । त्यस्तै, केन्द्रलाई चामल, खानेतेल, जुस, लुगा धुने साबुन तथा बिस्कुट प्रदान गरिएको संस्थाका सचिव विनिता तामाङले बताइन् ।
त्यस्तै, यसअघि अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा पुगेर समितिले चामल, खानेतेल, जुस, लुगा धुने साबुन तथा बिस्कुट प्रदान गरेको थियो । समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री वितरण गरेको अध्यक्ष मोती लिम्बूले जानकारी दिइन् । २० जना सदस्य रहेको समितिले यसअघि पनि सामाजिक गतिविधि गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर