Aamsanchar

मजदुरी काम गर्ने झापाका शिवराजले बनाए ड्रिम कार

Author Image
मङ्गलवार, फागुन २७, २०७६

 

बिर्तामोड ।  धन हुनेसंग बुद्धी हुदैन बुद्धी हुनेसंग धन भन्ने उखान पनि छ । झट्ट हेरेको भरमा कुनै पनि मानिसलाई साधारण ठान्नु हूदैन किनकी उ बाहिर हेर्दा सामान्य देखिएपनि उ भित्र असामान्य प्रतिभा रहेको पनि हुन सक्छ ।

त्यस्तै झापाको बाह्दशी गाउँपलिका वडा नं. ६ स्थित बाह्दशी बिहिबारेबजारका शिवराज लिम्बु झट् हेर्दा सामान्य मानिस देखिन्छन, देखिनु मात्र हैन उनी आर्थिक हिसावले बिपन्न वर्गका व्यक्तीहुन, उनको दैनिकी अरुकोमा ज्याला मजदुरी गरेर चल्नुपर्ने अवस्था छ ।
गरिवी र उनको एक पाटो हो भने अर्कोपाटोमा उनि धेरै धनी धनी व्यक्तिपनि हुन, उनी यसकारण धनी हुन उनिसंग बुद्धी र काम गर्ने लगनशिलता छ ।
विहिबारे बजारकै पञ्चमणी स्कुलमा कक्षा ८ सम्म अध्ययन पुरागरी १२ सम्मको अध्ययनका लागि आदर्श माध्यमिक विद्यालय घैलाडुब्बा सम्म धाएका शिवराज यतीवेला आफ्नो अध्ययनलाई थातीराखेर कक्षा ८ पढदा देखिनै देखेको कार बनाउने सपना पुरा गर्न लागि रहेका छन ।
(ड्रिम) नाम दिएको कार निमार्णकार्यको अन्तिम अवस्थामा पुगेका छ । विभिन्न कवाडी दोकानबाट खरिद र बाटोमा छोडिएका सामानहरु संकलन गरेर उनेले अत्यन्तै शुन्दर डिजाईको कार तयार पारेका छन ।

मोटरसाईकलको ईन्जिन जडान गरेर बनाईको कारका आधारभूत सबै सुविधाहरु जडान गरिएको छ । प्रतिघण्टा ७० देखि ८० किलोमिटर सम्म कुदाउन सकिने उक्तकारमा ५ लिटरको पेट्रोल टेयाङकी बनाईएको छ । प्रतिलिटर ३० देखि ४० किलो मिटरसम्म चल्लने अनुमान उनले गरेका छन ।
औपचारिक रुपमा कारको टेष्ट ड्रईभ हुन बाकी छ । रंग रोकनको काम पनि बाकी नै रहेकोले अवको केही समयमा सार्वजनिक स्थलमा कार कुदाएर देखाउने शिवराजले बताएका छन ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनले समयमै ड्रिम कार तयार पर्न सकेनन, गाउँघरमा मेलापात मजदुरी गरेर कमाएको पैषाले स्थानिय गृल दोकनमा फलाम खरिद लगायतका काम गर्दा सकिएपछि ईन्जिन जडानका लागि खर्च अभनव भइपछि उनि काठमाण्डौंमा मजदुरी गर्न गएको बताउछन । उनले चुनीखेल बालुवा खानीमा थुन्चेमा बालुवा बोकेर कमाएर जम्मा गरेको पैषाले पुरानो मोटरसाईकलको ईन्जिन किन्न सफल बनेको बताए । त्यही ईन्जिन कारमा जडान गरिएको छ ।
३ लाख ८० हजार जति खर्चमा तयार हुन लागेको आधुनिक डिजाईनको कारलाई नेपाल सरकारले व्यवसायिक रुपमा निर्माण गर्ने हो भने विदेशी कारको बिक्री नेपालमा घटने सम्भावना निस्चित छ ।
ड्रिम म्याजिक कारण हेर्दा राम्रो त छदै छ सुविधा युक्त पनि उत्तिकै रहेको छ ।

तिन बर्ष लगाएर तयार पारिएको कारलाई आफ्नो छोराको रुपमा मायाँ गर्ने गरेकाछन शिवराजले उनको यो मेहनत र लगनशिलताको बारेमा सामाजिक संजालहरुमा आउनथाले पछि हालै राष्ट्रिय अनुशन्धान केन्द्रका महावीर पुनले फोन सम्पर्क गरेर धन्यवाद दिदै साथ सहयोग गर्ने बचन पाएको युवा वैज्ञानिक शिवराजले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर