बिर्तामोड । झापाको बिर्तामोड स्थित मनमोहन अस्पतालको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप लागेपछी पिडित पक्षले तनाव उत्पन्न गराएका छन ।
ज्यान्डिस भएर उपचारको क्रममा अस्पताल भर्ना भएकी २८ बर्षिय मुना राईको अस्पतालको लापरबाहीका कारण मृत्यु भएछि तनाव उत्पन्न भएको पिडित पक्षको भनाई छ । पाँचथर याङवारक गाउँपालिका वडा नं. १ निवासी राईलाइ २४ गते अस्पताल भर्ना गरिएको थियो ।
उनको स्वस्थ्यमा धेरै सुधार आएपछि डिसर्चाजको समय भोलि दिएकोमा आज बिहान ५ बजे मृत्यु भएको उनका श्रीमान आशिष राईले जानकारी दिए । उनका अनुसार परिक्षण नगरी रगत दिएका कारणले राईको मृत्यु भएको हो ।
यस अघिपनी मनमोन हस्पिटल बिर्तामोडमा पटक पटक समस्या खडा हुदै आएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 40