Aamsanchar

सरकारी जग्गा नेकपा नेतालाई ठेक्का

Author Image
बिहिवार, फागुन २९, २०७६

घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ। सो जग्गामा मेला, महोत्सवलगायत विभिन्न कार्यक्रम हुन्थे। कम्पनीले सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिएपछि घोराहीमा सार्वजनिक कार्यक्रम गर्ने स्थलको समेत अभाव खड्किएको छ।

‘अब घोराही बजार क्षेत्रमा खाली जमिन सकियो भन्दा पनि हुन्छ, भोलि कुनै प्राकृतिक विपत् आइपरेको अवस्थामा घोराहीवासीलाई राख्ने ठाउँसमेत मेटाइयो, मेला, महोत्सवलगायत कार्यक्रम आयोजना गर्ने ठाउँ पनि मासियो’, नेकपा घोराही नगर संयोजक राममणि पाण्डेले भने, ‘जग्गा ठेक्का दिनु नीतिनियमले ठीक या बेठीक जे भए पनि भोलिका बारेमा केही नसोचिनु ठीक होइन।’

साबिकका साल्ट ट्रेडिङ कम्पनी र खाद्य संस्थान गाभिएपछि साउनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेको थियो। कम्पनीका दाङ प्रमुख माधव मिश्रका अनुसार कम्पनीलाई गत साउन २८ मा सरकारले स्वायत्तता प्रदान गरी कम्पनीका नाममा रहेको सरकारी जमिनको उचित व्यवस्थापन गर्न भनेको थियो। ‘सरकारले स्वायत्तता प्रदान गरेसँगै कम्पनीको नाममा रहेको सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि अधिकार दियो,’ मिश्रले भने, ‘यसै अधिकारमा टेकेर सरकारी सम्पत्ति उचित व्यवस्थापन गर्ने प्रक्रियामा कम्पनी लागेको हो।’ उनका अनुसार मन्त्रिपरिषद्को साउन २८ को निर्णयमा टेकेर सम्पत्ति महाशाखाले समेत खाली रहेको सरकारी जमिनमा भौतिक संरचना निर्माण वा जग्गा भाडामा दिनेगरी व्यवस्थापन गर्न कम्पनीको जिल्ला शाखालाई निर्देशन दिएको थियो। ‘सम्पत्ति महाशाखाले खाली जमिन लथालिंग नछोड्नु भनेर निर्देशन दिएको थियो,’ मिश्रले भने, ‘खाली जग्गाको व्यवस्थापन भनेको भाडामा दिनु थियो।’

त्यस्तै, नागरिकले पेट्रोलियम पदार्थ नेपालका किन महङ्गो भन्ने विषयमा अर्को समाचारलाई प्राथमिकताका साथ छापेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो।

अन्तर्रा्ष्ट्रिय बजारमा सन् २०१९ को डिसेम्बर ३० मा प्रतिब्यारेल ६३।०५ डलर पुगेको कच्चा तेलको मूल्य बुधबार करिब आधा घटेर ३४।६५ डलरमा झरेको छ। साढे दुई महिनाको अवधिमा तेलको मूल्यमा भारी गिरावट आए पनि नेपाली उपभोक्ताले त्यसको फाइदा लिन पाएका छैनन्। उपभोक्ता चर्को मूल्यमा इन्धन किन्न बाध्य छन्। अहिले काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर एक सय आठ रुपैयाँ छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ छ।

अन्तर्रा्ष्ट्रिय बजारमा अहिले इन्धनको मूल्यमा कमी आएकाले केही दिनमा नेपाली बजारमा पनि मूल्य घट्ने निगमका अधिकारी बताउँछन्। मार्च १६ ९चैत ३ गते० मा नयाँ मूल्य आउने भएकाले त्यसपछि सस्तिने निगमका प्रवक्ता वीरेन्द्र गोइत बताउँछन्। ‘मार्च १६ मा मूल्य घटेर आयो भने हामी पनि घटाउछौं,’ उनले भने, ‘नयाँ भाउ समायोजन भएर आउने मूल्यसूचीमा भरपर्छ।’ निगम सकेसम्म उपभोक्तालाई सस्तोमा पेट्रोलियम पदार्थ बिक्री गर्न प्रयत्नशील रहेको दाबी उनको छ। नागरिक दैनिकबाट 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर