Aamsanchar

लिओ क्लब अफ बिर्तामोडमा टिउसन दिदी कार्यक्रम

Author Image
शनिवार, चैत १, २०७६

बाबालिकालाई पढाउदै अध्यक्ष मनिषा बिमली ।

आर्थीक स्थिती कमजोर भएका परीवारका बालबालीकालाई लक्षित गरी लिओ क्लब अफ बिर्तामोडको आयोजनामा फागुन २ गतेबाट टिउसन दिदी कार्यक्रम शूरु भएको छ ।

झापाको बिर्तामोडमा रहेको लिओ क्लब अफ बिर्तामोडले सामाजीक परिवर्तनका निम्ती काम गर्दै आएको युवा हरुको संस्था हो । पछिल्लो समय कतिपय बालबालीका पढाईमा अब्बल भएपनि घरको आर्थीक स्थिती कमजोर हुदाँ टिउसन पढ्न नपाइरहेको अवस्थामा लियो क्लबले टिउसन दिदि कार्यक्रम शुरु गरेको लिओ क्लबकी अध्यक्ष मनिषा बिमलीले बताईन ।

बालबालीकाका लागि क्लबले १ महिना सम्म निशुल्क टिउसन कक्षा दिइरहेको छ । कक्षा नर्सरी देखि कक्षा १० सम्मका बिद्यार्थीहरुले टिउसन क्लास लिन रहेका छन ।

यतीवेला लियोमा आवद्ध शिक्षित सदस्यहरु मनिषा बिमली, ऋचु बिमली, वविना भट्टराई, निकिता खरेल, सदिक्षा खरेल, ईशा पोखरेल, प्रितिका शिवाकोटी, विशाखा प्रसाई, तृष्णा घिमिरे, पेरिषा घिमिरे , भावना कडरिया, प्रज्ञा चौलागाइँ लगायतले आलोपालो गरेर ८ जना विपन्न वर्गका बालबालिकालाई पढाई रहेका छन ।

आगामी बर्षमा यो कार्यक्रममलाई निरन्तराता दिने लियो अध्यक्ष मनिषा विमलीले जानकारी दिईन । लियो क्लबले  यस अघिउद्यमशिल, नेतृत्व बिकास सम्बन्धि बिभीन्न तालीम पनि दीदैँ आइरहेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)