बिर्तामोड । बाँच्ने रहर कस्लाई हुदैन होला र जीवनको उत्तरार्धमा त मृत्युलाई सहज स्वीकार गर्न सकिदैन भने बाल्य अवस्थामै बाच्ने रहर नहुने कुरै भएन । समाजमा कतिपय मानिसहरु आफू र आफन्तको सहयोग र आर्थिक रुपमा सवल भएका कारण सम्भाव हुने सम्मको रोगबाट उपचार पाएर सामान्य जीवन व्यतित गर्न सफल बनेका हुन्छन तर यही समाजका जीवनधान्नै मुस्किल परेको परिवारका कतिपय मानिस केही रकमले उपचार पाएर बाच्न सक्ने भएपनी आर्थिक अभावकै कारण उपचार नपाएर धेरैले मृत्यु वरण गर्नुपर्ने तितो यथार्थ छ ।
कति त्यस्ता दिनदुखीलाई समाजका सहयोगी मनहरुको सानो सानो सहयोग रकम संकलन गरेर उपचार पाएर बाच्न सफल पनि बनेका छन् ।
मानिसको जीवन थाहाँ पाउने र अनुभव गर्ने गरिको एक पटक मात्र प्राप्त भएको हुन्छ । त्यो अमुल्य जीवलाई जीउनेमन कस्लाई हुदैन र बाच्न र जीवन जिउन आफ्नो तर्फबाट अनेको प्रयास गरिनै रहेको हुन्छ मानिस, त्यसमाथी परिवार, आफन्त, छर छिमेकीको सहयोग विना बाच्न नकस्ने जस्ता कठोर रोग लागेर रात दिन आशु र विलापमा बाचेका पनि छन धेरै आफु आफन्तले गर्न सक्ने सहयोग पनि पर्याप्त भएको हुदैन र आम समुदायमा सहयोगको याचाना गरिने गरिन्छ, त्यस्तै आफ्नो आर्थिक स्थित जस्तै आफन्त र छर छिमेकी पनि चरम आर्थिक अभावमा गुर्जिरहेको झापा अर्जुनधारा नगरपालिका वडा नं. २ निवासी मन बहादुर लिम्बुकी छोरी बर्ष ११ कि रन्जना लिम्बु एतीवेला मुटु रोगका कारण जीवन मरनको दोसाधमा रहेकी छन । मजदुरी गरेर जीवन जेनतेन धान्दै आएका मन बहादुर छोरीको उपचार गराउन नसकेर झन पिंडामा छन, छोरीको हेरचाहाँ गर्नु परेको कारणले यतीवेला दैनिक मजदुरी गर्न नगएको पनि थुप्रैदिन भईसक्यो घरायसी समस्याले त पिरल्यो, विरामी छोरीको पिडा छन कहालीलाग्दो बनेको छ ।
शहिद दशरथ गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराउदै आएकी रन्जनाको जीवन बचाउन आम सर्वसाधारण धार्मिक, सामाजिक व्यक्तीको सहयोग विना उपचार असम्भव बनेको छ । उनले आफुलाई बचाई दिन देश विदेशमा रहने नेपाली दाजुभाईहरु संघ संस्थाका प्रमुख प्रतिनिधी, समाजसेवी धार्मिक व्यक्तीहरु प्रति सहयोगको लागि अपील गरेकी छन ।
एक थुकी सुकी सय थुकी नदी भनेझै उनको उपचारमा सकेको सहयोग गरिदिन स्थानिय सरकार, नागरिक समाजले पनि आग्रह गरेको छ । सहयोग संकलनको लागि स्वयम्सेवक समाज नेपाल नामक झापामा केन्द्रिय कार्यलय रहेको संस्थाले सहयोग संकलन अभियान सुरु गरेको छ । उनलाई सिधै सहयोग गर्नको लागि सेन्चुरी बैंकको खाता नं.००९०००१२५९C५ मा सहयोग रकम गर्न सकिने छ भने ९८०७९५५०५९ मा फोन गरेर थप कुरा बुझन सक्ने रन्जना बचाउ अभियानका अभियान्ताले आग्रह गरेका पनि छन ।