काठमाडौं । कोरोना भाईरसको त्रास बढीरहेको वेला एकाएक मास्क अभाव भएर सर्वसाधारण चिन्तित बनीरहेको अवस्था संगै दुःख र त्रासको मौकाछोपी कमाउ धन्दा गर्ने योजना बनाई चर्को मूल्यमा विक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् ।
डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी -९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की छन् ।
उनीहरुको साथबाट ७८ हजार २५० वटा सर्जिकलम मास्क बरामद भएको छ । मञ्जुश्री सप्लायर्सले ३/४ रुपैयाँ पर्ने एउटा मास्क ३१ रुपैयाँमा दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बढी मूल्यमा मास्क बेच्न खोजेको पनइए तत्काल खबर गर्न पनि सार्वसाधारणलाई आग्रह गरेको छ ।