Aamsanchar

हल्दिबारीका १५ जनाले लिए सेनटरी प्याड ,डाइपर तथा झोला बनाउने तालीम

Author Image
मङ्गलवार, चैत ४, २०७६

हल्दिवारी गाउँपालिका गरिबसंग बिशेस्वर कार्यक्रम अन्तरगत १५ दिने सेनटरी प्याड ,डाइपर तथा झोला बनाउने तालीम आज मंगलरबाट सम्पन्न भएको छ।

वडा अध्यक्ष होमप्रसाद चुडालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि रवीन्द्र प्रसाद लिङ्देन ,वडा अध्यक्ष होम प्रसाद चुडाल ,कार्यपालिका सदस्यहरु गिता भण्डारी ,सर्मिला बि। क , गाउँ पालिका प्रसासकिय अधिकृत राजन न्यौपाने , गरिबसंग बिस्वेश्वर जिल्ला समन्वय कर्ता संझना लोहनी ,प्रशिक्षक मुना अधिकारी तथा तालिममा सहभागी भिम कला सुहाङ्ले आ अफ्नो मन्तव्य राख्नु भएको थियोे ।

तालिम लिएकाले व्यसाय गरे गाउँपालिकले सहयोग पुर्याउने तथा तालीमलाई तालिममै सिमित नराख्न सहभागीहरुलाई अनुरोध गरिएको थियोे ।

फाल्गुन १३ देखि आज चैत ४ सम्म संचालन भएको १५ दिने तालिममा ३,४,५ का १५ जना महिलाहरुको सहभागीता रहेकोे र २ लाख ५० हजार रुपैया गरिबसंग बिस्वेश्वर कार्यक्रम अन्तरगत लक्ष्यित समुहका महिलाहरुलाई तालीम दिईएको जलथल गरिबसंग बिस्वेश्वर कार्यक्रम सहजकर्ता मिना उप्रेतीले जानकारी दिएकी छ्न ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)

सम्बन्धित खबर