चारपाने । झापा युवा सरोकार समाजले कनकाई नगरपालकामा पर्ने दुई वटा ठुला विद्यालयमा कोरोना भाईरस (कोभिड १९) बाट जोगिन गर्नुपर्ने आधारभूत जानकारीमुलक सामाग्री बितरण गरेको छ ।
कनकाई नगरपालिका वडा नं.८ लक्ष्मीपुरमा स्थापना भएको झापा युवा सारोकार समाजले कनकाई–७ दुर्गापुरको भृकुटी माध्यमिक विद्यालय र कनकाई–९ घैलाडुब्बाको आर्दश विद्या मन्दिरमा आज आयोजित एक कार्यक्रमका विच सचेतना मूलक सामग्री हस्तान्तरण गरेको हो ।
कनकाई ७ र ८ नम्बर वडाको सहयोग लोट्स डिजाईन एण्ड प्रिन्टिङको सहकार्य र युवा सरोकार समाजको संयोजनमा उक्त काम गरिएको युवा सरोकार समाजका अध्यक्ष प्रसान्त गिरीले जानकारी दिए । अभियान अन्तरगत भोली कनकाई ८ मा रहेको हिमाली आधारभूत विद्यालयमा कार्यक्रम गर्ने बताईएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 267