Aamsanchar

बिर्तामोड रोटरी द्वारा दुर्घमका ४८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Author Image
मङ्गलवार, चैत ४, २०७६

रोङ। इलामको रोङ गाँउपालिका–४ मा रहेका दुई विद्यालयमा रोटरी क्लब अफ बिर्तामोड र रोट्रयाक क्लबले ट्रयाक सुट तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।

इलामको रोङ गाउँपालिका–४ मा रहेको बाल कल्याण आधारभूत हल्लुडे र गणेश आधारभूत ओझेलीमा पुगेर ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरिएको हो । इलामको दक्षिणी क्षेत्रमा रहेको विद्यालयमा सरकारी निकाय तथा अन्य सहयोगी संस्थाको खासै पहुँच नपुगि रहेका बेला बिर्तामोडको रोटरी क्लबले सो ठाउँमा पुगेर सहयोगर्दा विद्यार्थी र शिक्षकहरु खुशी बनेका छन ।

जनजाती समुदायको बाहुल्यता रहेको उक्त क्षेत्र विपन्न वर्गका नागरिकहरु बसोबास रहेको स्थानीय मदन तामाङले बताए । रोटरी क्लब बिर्तामोडकी अध्यक्ष निकिता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा दुई विद्यालयका गरी ४८ जना विद्यार्थीलाई ट्रयाकसुट,कापी, मास्क, साबुन वितरण गरिएको थियो । एक लाख मुल्य बराबरका सामान वितरण गरिएको बताइएको छ ।

रोटरी क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष मिनप्रकाश मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विकट क्षेत्रमा रहेका विद्यालयको शैक्षिक स्तर उकास्न यस्ता खालका सहयोगी कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बिर्तामाडका पूर्व अध्यक्षहरु कुमार गिरी, विनोद बस्नेत, सुरेश बंशल, आमोद आर्चाय, प्रकाश शिवाकोटी, बबिता गिरी लगायतले इलामले खासै नहेरेको झापा नपुगेको विकट क्षेत्रका रुपमा रहेको रोङ गाँउपालिकाका सबै विद्यालयमा सहयोग गर्ने सामुहिक प्रतिबद्धता जाहेर गरेका छन।

विद्यालयमा नै आएर सहयोग गरेको भन्दै बालकल्याण आधारभूतका प्रधानाध्यापक पदमबहादुर तामाङ र गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम माझिले रोटरीको सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए । उनीहरुले यो सहयोगले आफूहरुलाई थप हौशला प्राप्त भएको बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर