Aamsanchar

आत्मनिर्भर बन्न सिकाउदै प्रहरी, बजारमा मास्क नपाएपछी आफै बनाउदै

Author Image
बिहिवार, चैत ६, २०७६

बिर्तामोड । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालय झापाले मास्क वितरण गर्न लागेको छ ।

प्रहरी कार्यालय झापाले जिल्लाका प्रत्येक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई मास्क वितरण गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । जिल्लामा एक हजार बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन ।

बजारमा मास्कको अभाव भएपछि प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क सिलाएर वितरण गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।  श्रेष्ठले भने समाजमा हुने औपचारिक, अनौपचारिक र आपतकालिन आईपर्ने कार्यमा प्रहरी प्रत्यक्ष सहभागी बन्नु पर्ने हुँदा भाईरसको प्रत्यक्ष असर पर्न सक्छ  त्यसकालागि केही हदसम्म संक्रमणको चपेटाबाट बच्न प्रहरी  आफै तयारीमा जुटेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर