Aamsanchar

बिर्तामोड नगरपालिकाको चौथो नगरसभा सम्पन्न

Author Image
बिहिवार, चैत ६, २०७६

बिर्तामोड ।  स्वीकृत बजेटमा २४ दशमलव ०६ प्रतिशत वृद्धि गरि शंशोधित झापाको विर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटमा २४ दशमलव ०६ प्रतिशत वृद्धि गरि शंशोधित बजेट पारित गरेको छ ।

चौथो नगरसभा मार्फत नगरपालिकाले चालु आर्थिक वर्ष २०७६्०७७ को शंसोधित बजेट र कार्यक्रम पारित गरेको नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले जानकारी दिनु भयो । उप प्रमुख पवित्रा महतरा प्रशाइले नगर सभामा पेश गर्नु भएको १ अर्व ३९ करोड ३४ लाख ५२ हजार ९ सय २१ रुपैयाको शंसोधित बजेट पारित भएको हो । यस अघि नगरले चालु आर्थिक वर्शका लागी १ अर्व १२ करोड ३२ लाख ४६ हजार रुपैयाको बजेट स्वीकृत गरेको थियो ।

संघ तथा प्रदेश सरकार बाट प्राप्त हुने शसर्त अनुदान र निर्वाचन क्षेत्र विकास कार्यक्रमका बजेटमा रकम वृद्धि भएकाले शंसोधित बजेट पनि बढेको विर्तामोड नगरपालिकाले जनाएको छ । यसै गरि सामाजिक सुरक्षा कार्यक्रमको बजेट मा पनि वृद्धि भएको बत्तैएको छ ।

यसैविच नगरसभामा वार्ड न २ का अध्यक्ष नगेन्द्र संग्रौलाको छलफलका लागि समय पर्याप्त नपाइएको गुनासो थियो । वडा न ८ का कार्यवाहक अध्यक्ष दीपक भट्टराई ले कृषि क्षेत्र निर्धारण गरिएको वडा आसपासमै कृषि सग सम्वन्धित र सरोकारवाला कार्यालय राखिनु पर्ने माग गर्नु भयो । नगर सभाले सार्वजनिक र खेति योग्य बाहेकका जमिनको खण्डीकरण मा लचकता
अपनाउने नीति लिएको छ । साथै नगरसभाले नया निर्माण हुने सडक ,पार्क र सार्वजनिक स्थलहरुको नामाकरणमा यसै क्षेत्रका शहिदहरुको नामलाई प्रथामिकीकरण गर्ने नीति पनि पारित गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 573

प्रतिक्रिया (०)

सम्बन्धित खबर