Aamsanchar

लोभले लाभ लाभले विलाप, सस्तोमा सामान दिन्छु भनेर ठगीगर्दै हिड्ने राउत प्रहरी फन्दामा

Author Image
शुक्रवार, चैत ७, २०७६

बिर्तामोड । लोभले लाभ, लाभले विलाप भन्ने भनाई छ । सस्तोमा समान लिएर बेच्ने सरकारलाई करपनि तिर्नु नपर्ने र धेरै पैषा कमाउने सुरमा परेका किराना पसलेहरु नराम्रो संग ठगिएका छन ।
दाल, चामल लगायतको किराना सामान सस्तोमा उपलब्ध गराउँछु भन्दै ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहारी कार्यालय काँकरभिट्टाले पक्राउ गरेपछी आफु ठगिएको भन्दै प्रदेश १ का विभिन्न जिल्लाबाट पिडितहरु प्रहरी समक्ष आई पुगेका छन ।

चैत ६ गते काँकरभिट्टाबाट पक्राउ परेका झापा भद्रपुर १४ का राजकुमार राउतलाई जिल्ला प्रहरी कार्यालय झापाले चैत ७ गते इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गरेको छ । प्रदिप कार्कीको नाममा राउतले ठगी धन्धा गर्दै आएको र विभिन्न जिल्लाका व्यक्तिबाट १० लाख रुपैयाँभन्दा बढी ठगेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

विगत छ महिनायता राउतले झापा, मोरङ, सुनसरी, इलाम, धनकुटाका व्यक्तिबाट आफू आर्मी भएको र आर्मीको गण सरुवा भएर जादा बचेको रासन विक्री गनेर जाने भएको हुदाँ सस्तोमा सामान उपलब्ध गराइदिन्छु भन्दै ठग्दै आएको कोइरालाले बताए । प्रहरीले उनको साथबाट नगद ५४ हजार, मोबाइल र सिम कार्ड बरामद  गरेको छ ।

प्रहरीले राउतलाई ठगी मुद्दाअन्तर्गत जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । झापा चारआलीका डाकबहादुर राईले प्रहरीमा उजुरी दिएपछि राउतको खोजी सुरु गरिएको थियो । उनको खोजीमा प्रदेश प्रहरीसहित जिल्ला प्रहरी झापा र झापाका इलाकाका प्रहरी परिचालन गरिएको थियो ।

बिर्तामोडका बसपार्कका किरना व्यवसायी खगेन्द्र लुईटेलबाट ३ लाख १६ हजार , केराबारी मोरङका कमल घिसिङबाट २ लाख र सुम्निमा पारुहाङ किराना पसलका सञ्चालक राईबाट सस्तोमा सामान उपलब्ध गराउँछु भनेर राउतले नगद एक लाख दुई हजार लिएर सम्पर्क विहिन भएका थिए । लुईटेल, घिसिङ,राई प्रतिनिधी पात्र मात्र हुन राउतले दर्जनौ किराना पसल संचालकहरुबाट रकम ठगी गरेको हुन सक्ने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 358

प्रतिक्रिया (०)

सम्बन्धित खबर