Aamsanchar

कोरोना भाईरस र हाम्रो अवस्था

Author Image
आइतवार, चैत ९, २०७६

सन् २०१९ अन्तिम देखि चिनको वुहान प्रान्तको मासु बजारबाट फैलिएको (COVID -19 Corona Virus) आज संसारको लागि अकल्पनीय समस्या बनेको छ । विश्व स्वस्थ संगठन बाट महामारी घोषित गरिएको यो समस्याले संसारको शक्तिशाली देशहरुलाइ पनि घुडा टेकन बाध्य बनाएको छ । चिन ,इटाली ,सयुक्तराज्य अमेरिका , इरान , रसिया , बेलायत लगायत १४५ देश मा यो महामारीले हाहाकारको अवस्था सिर्जना गरिसकेको छ । स्वस्थ सुविधामा निक्कै नै अगाडी मानिएका यूरोपियन देशहरुलाई पनि यो महामारी संग मुक्ति पाउन सकस परिरहेको अवस्थामा नेपाल लगायत संसारका आन्य विकासउन्मुख देश हरुको अवस्था झन चिन्ताजनक रहेको छ ।

वोर्ल्ड ओ मीटर नामक तथ्यांक राख्ने वेबसाईट को तथ्यांक अनुसार हालसम्म विश्वभरी २,५५,८९० मानिस मा यो रोग देखा परि सकेको छ जसमध्ये ज्यान गुमाउनेको संख्या १०,४९५ को हाराहारीमा रहेको छ भने ८९,९१८ जना उपचार पश्चात घर फर्कीसकेको छन् । यस महामारी बाट ग्रसित मध्ये हाल १,४८,०१० जनाको अवस्था सन्तोषजनक रहेको छ भने ७,४६७ जना को अवस्था गम्भीर रहेको छ । तथ्यांक अनुसार १००,४१३ मध्ये १० ५ को निर्मुल भइसकेको छ । (२०७६ चैत्र ७ सम्म को तथ्यांक । चीनबाट सुरु भएता पनि सबै भन्दा धेरै ज्यान इटालीबासीहरुले गुमाएका छन् । वोर्ल्ड ओ मीटरको तथ्यांक लाई आधार मान्ने हो भने हाल सम्म इटालीमा ३,४०५ , चीनमा ३,२५१, इरान १५८७, स्पेन १२५१ ले ज्यान गुमाई सकेका छन् र सबै भन्दा कम ज्यान गुमाउने देशमा क्रोएशिया रहेको छ, (१ जना) । हाल सम्म यसको कुनै निश्चित उपचार औषधि पत्ता नलागेको अवस्थामा डेंगु , जोरो, खोकी , स्वस्प्रस्वसमा प्रयोग हुने औषधिको प्रयोग ले यसको उपचार गरिदै छ ।

के हो त कोरोना भाईरस ?

कोरोना भाइरस (CoV) भाइरसहरूको एक ठूलो परिवार हो जसले साधारण चिसोदेखि लिएर गम्भीर रोगहरू सम्मिलित बिरामी निम्त्याउँछ मध्य पूर्वी रेस्पीरेटरी सिन्ड्रोम ९ःभ्च्क्(ऋयख्० र गम्भिर तीव्र श्वसान सिन्ड्रोम (COVID-19) जस्ता।

कोरोनाभाइरस जुन्ओटिक हुन्न, यसको अर्थ तिनीहरू जनावरहरू र मानिसहरू माझ प्रसारित हुन्छन्। विस्तृत अनुसन्धानमा पत्ता लाग्यो कि सार्स कोभलाई सिभेट बिरालाहरुबाट मानिसमा र MERS-CoV लाई ड्रमेडरी उँटबाट मानिसमा सारिएको थियो। धेरै ज्ञात कोरोनाभाइरस जनावरहरूमा परिक्रमा गरिरहेका छन् जुन मानवमा अहिलेसम्म संक्रमित भएको छैन।

संक्रमणका सामान्य लक्षणहरूमा श्वासप्रश्वासका लक्षणहरू, ज्वरो, खोकी

कोरोनाभाइरस रोग (COVID-19) र हाम्रो देश नेपाल
संसारका भिभिन्न देशमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस रोग त्येही बिश्व मानचित्रमा एउटा बिम्ब समान रहेको छ, हाम्रो देश नेपालमा अहिले सम्म देखा परेको छैन तर विश्व स्वाथ्य संगठनले नेपाललाइ उच्च जोखिमयुक्त देशको सुचीमा राखी सकेको छ ।
भारत संगको खुल्ला सिमाना , बैदेशिक रोजगार र कम्जोर स्वस्थ सेवाको अवस्था रहेका कारण नेपाललाई उच्च जोखिमयुक्त देशको सुचीमा राखिएको हुनसक्ने कुरा हाम्रो बुझाई रहेको छ । १,२५,००००००० ९ एक सय पच्चीस करोड भन्दा बढी जनसंख्या हाम्रो छिमेकी भारत देशमा हाल सम्म २२३ जनामा यो महामारीले संक्रमित बनाईसकेको छ भने ५ जनाले ज्यान गुमाउनु परेको छ , यो महामारीले उग्ररुप लिन सक्ने कुरा पनि विश्व स्वाथ्य संगठनले आफ्नो बिज्ञप्ति मार्फत सार्वजनिक गरि सकेको बेला हामी कतिको सुरक्षित छौ भन्ने प्रश्न गम्भीर देखिन्छ । खुल्ला सिमाना र दैनिक उपभोगीय सामग्रीको लागि सिमापारीको क्षेत्रमा भारतीय बजारमा आश्रित रहनु हाम्रो लागि अभिसाप हो ।

हामी कतिको तयार छौ ?
चिन बाट सुरु भएको यो महामारीको रोकथामका लागि नेपाल सरकारले फाल्गुन महिना देखि गम्भीर देखिएको छ ।
सार्वजनिक भेला सभा नगर्ने नगराउने , भ्रमण वर्ष २०२० लाई स्थागन ,शैशिक संस्थान चैत्र मसान्त सम्म बन्द गराउने , बैदेशिक रोजगार र अन्य बिदेशी र कोरोनको प्रभाव देखिएको मुलुकबाट आउने को स्वस्थ्य परिक्षण जस्ता काम सरकार द्वारा संचालन गरिएको छ तर बिगतका दिनहरुमा सरकार निकैनै गम्भीर देखिन सकेको थिएन, देशका प्रधानमन्त्री आफै अस्वस्थ अवस्थामा भएको बेला पनि थियो तर एतीवेला सरकारले प्रभावित देशबाट हवाई उडान रोक्ने , खुल्ला सिमानालाई भारत सरकारको सहकार्यमा निषेध गर्ने जस्तो व्यवस्थापन मिलाएको देखिन्छ भने आवाज जावत गर्न मिल्ने सिमानामा थर्मल प्रविधिबाट तापक्रम नाप्ने काम सुरुभएको छ, पूर्वमा कांकरभिट्टा , रक्सोल , जोगबनी जस्ता मुख्य नाकामा सो व्यवस्थापन गरिएको छ भने देशमा संक्रमण भित्रिने हो त्रास संगै सुरक्षाका लागि सात वटै प्रदेशमा आइसोलेशन वार्ड स्थापन गर्ने निर्देशन पनि दिएको छ । स्वाथ्य सेवामा निकै नै अगाडी मानिएका चीन , अमेरिका , इटाली, क्यानाडा , फ्रान्स जस्ता देश यो समस्या अगाडी निके कम्जोर बन्नु पर्यो, दक्ष स्वस्थ्य कर्मीको अभाव र फितलो स्वस्थ सेवा रहेको देशका लागि यो महामारी ठुलो चुनौतीका रुपमा रहेको छ, तथापी सरकरको योजनामा कुनै कमि देखिएको छैन । हुन त प्रधामन्त्री को सम्बोधन र गृह मत्रालयले लामो दुरीको सार्वजनिक यातायात बन्द गर्ने , केहि समयकालागि अन्तरराष्ट्रिय हवाई सेवा स्थागन गर्ने ,अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गर्ने , बिजुली ,पानी जस्ता सेवाहरु मा कुनै जरिवाना नलाग्ने , डिजिटल बुकिङमा कुनै शुल्क नलाग्ने जस्ता कदम स्वागत योग्य छ ।

तर के यो तयारी प्रयाप्त छ ?
फाल्गुन २९ मा बसेको कोरोन रोकथामका लागि गठित उच्च स्तरिय समितिले मार्च १० देखि नेपाल प्रवेश गर्ने बिदेशीहरुले सेल्फ क्यारेन्टाईन गर्नु पर्ने व्यवस्था अनिवार्य गरेको थियोे र सो गरेको नपाइएको खण्डमा संक्रमण ऐन २०२० अन्तर्गत कारवाही गर्ने निर्देशन पनि दिएको कुरा बैठक मार्फत जानकारी गराएको छ । सरकारको यत्रोे तयारी बाबजुुत पनि चैत्र १ देखि चैत्र ५ सम्म हवाई मार्ग बाट प्रवेश गरेका ११,७५५ नेपाली र बिदेशी को अवस्था के छ भन्ने तथ्यांक सरकार संग छैन , दैनिक ७२ घण्टा , एक हफ्तामा अस्थायी अस्पताल बनाउने र बनाएको दावी भई रहेकै बेला नवलपरासी रामग्रामका २४ वर्ष एक व्यक्ति उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि चैत ३ गते पृथ्वीचन्द्र अस्पताल परासीमा पुगेका व्यक्तीलाई देवदह मेडिकल कलेज ,लुम्बिनी अंचल अस्पताल , मणिग्रामको क्रिम्सन अस्पतालमा भर्ना नलिए पछि मुख्य मन्त्रीको दवाबमा लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरियो । यदी ति व्यक्ती साच्चै नै कोरोना पिडित भएको भए स्थिति कती गम्भीर र भयावय हुन सक्थ्यो रु यो प्रश्न को उत्तर कसले दिने रु आगामी दिनमा एस्तो घटना नहुने या हुन नदिने जिम्म्दारी कुन तह को सरकार ले लिने छ ? हुन त वुहान प्रान्त बाट नेपाली विद्यार्थी फिर्ता बोलाउनु , कालाबजारी गर्ने हरुलाई धरपकड गर्नु जस्ता सरकारी कदम तारिफ योग्य छन् । तर प्रश्न आझै त्येही छ के यो तयारी पर्याप्त छ र या यो सम्पूर्ण तयारी साच्चै मा कोरोन को आक्रमण हुँदा धरासाही हुने छ रु साथै नेपाल सरकार पहिले देखिनै न्यून आम्दानी रहेका नेपाली जनता को लागि कोरोना संक्रमण जाच्ने र सो को उपचारमा लाग्ने सम्पूर्ण खर्च निशुल्क गर्नु पर्ने देखिन्छ सिमावर्ती क्षेत्रमा कोरोन स्क्रीनिंगका लागि थप आवश्यक जनशक्ति करारमा भए पनि उपलब्ध गराउने या राज्यका आन्य निकायलाई सो को जिम्मा दिने कुरामा विचार गर्नु पर्छ , अहिले उपकरणको अभावमा भइरहेको परिक्षणको बिश्वनियता कति छ भन्ने कुरा पनि पछिलो समयमा उत्पन्न भएको छ ।

सिमित अस्पतालमा मात्र कोरोन जांच गर्न मिल्ने प्रविधि, नमुना लाने प्रविधि र नमुना परिक्षण को लागि लाग्ने साधन ( PCR KIT , विरल TRANSPORTATION MEDIA ,QIAGEN KIT ) लगायत का समान को अभाव देखिएको छ र भने सरका ले जब भयो राती अनी बुढी ताती उखान सरह अन्तिम समयमा खरिद प्रक्रिया पनि तिब्र बनाएको छ । हुन त केहि बिज्ञाहरुको अनुसार देशमा यिअपमयधल अर्थात् देश मा प्रवेश तथा बहिरिगमन निषेध र सम्पूर्ण कार्यालय , बजार , बन्द हुने संकेत पनि देखिएको छ तर तेसो गर्दा सरकारले देशको आर्थिक तथा सामाजिक पक्षलाई मध्यनजर राखेर र दैनिक ज्यालामा काम गर्ने जनताको बारेमा मुख्य रुपमा सोच्नु पर्ने हुन्छ अनि मात्र केहि कदम चल्नु उपयुक्त हुन्छ ।

आब के गर्ने त ?
जनचेतनाको आभवमा रहेका हामी नेपाली जनताले सर्वप्रथम त हल्लै हल्लाको पछी लाग्ने, सामाजिक संजालमा अनधिकृत सामाग्री सम्प्रेषण गर्न र अतिअवश्यक खाद्य सामग्री , औषधिको अनावस्यक भण्डारण गर्ने कालाबजारी जस्तो अनाविय कार्य बन्द गर्नुपर्छ, हामी सम्पूर्ण नेपाली जनता कुनै पनि परिस्थिती संग सामना गर्न कति सम्म सक्षम छौ भन्ने कुरा २०७२ सालको विनाशकारी भुकम्पले देखिसकेको छ जसरी आफ्नै काँधमा जिम्मेदारी लिएर हामीले त्यो महाबिनाश लाई सजह रुपमा पर गर्यौ त्येही प्रकारले अब कोरोना बिरुद्धको युद्ध लड्नु पर्ने हुन्छ । त्येसका लागि हामीले सरकार तथा स्वस्थ कर्मी बाट अघि सारिएका नियम तथा निर्देशन सम्मयम र सभ्यताका साथ पालना गर्नुपर्ने देखिन्छ, अनावास्यक भीड नगर्ने , अतिआवसेक बाहेक घर बाहिर ननिक्लिने , दैनिक दिनचर्यामा स्वस्थको बिशेष ध्यान दिने, वृद्ध, बालकलाई बिशेष स्याहार गर्ने जस्ता कुरालाई निर्वाह गर्नुपर्छ र साथै देशमा रहेका सम्पूर्ण गैर सरकारी संघ संस्थाले जनचेतनाका कार्यक्रम अघि सार्दै सरकार संग हातेमालो गरेर अघि बढ्नु पर्ने देखिन्छ साथै निजि क्षेत्रले पनि कर छुट ,विशेष राहत जस्ता कुरा भन्दा अघि उनीहरुको मातहतमा रहेका कर्मचारीको स्वस्थको उचित रेखदेख , ीइऋप्म्इध्ल् को स्तिथिमा आर्थिक सहयोग जस्ता कुरा लाई ध्यान दिनु पर्नेछ । औषधी उपचार न भएको अवस्था मा समझदारी र सजगता नै कोरोन बिरुद्धको युद्ध को आचुक हतियार हो ।
सुरक्षित रहौ, स्वस्थ रहौ ।

लेखक फोटो पत्रकार र सामाजिक अभियन्ता हुन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)