कनकाई । झापाको कनकाई नगरपालिकाले दुई स्थानमा क्वारेन्टायन तयार पारेको छ । कनकाई १ दुर्गापुरको दलित सामुदायिक भवनमा २५ बेडको क्यारेन्टायन बनाईएको छ भने कनकाई ८ लक्ष्मीपुरको हिमाली आधारभूत विद्यालयमा महिलाको लागि मात्र ८ बेडको क्वारेन्टायन निर्माण गरिएको कनकाई नगर प्रमुख राजेनद्र पोखरेलले जानकारी दिए ।
दलित सामुदायिक भावनमा हाल कांकडभिट्टाबाट आएका ४ र झापा नाकाबाट आएका ४ गरि ८ जनालाई राखिएको छ । उनिहरुलाई खाना लयागत अतिआवेक कुरा र ईन्टरनेटको व्यवस्था नगरपालिकाले मिलाएको प्रमुख पोखरेलले बताए ।
आवसेक परेको अवस्थामा ३ सय जना सम्मलाई राख्ने क्वारेन्टायन बनाउने पूर्व तयारिमा कनकाई नगरपालिका रहेको बताईएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 193