Aamsanchar

लकडाउन हुदाँ पनि कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख नाघ्यो

Author Image
शुक्रवार, चैत १४, २०७६

एजेन्सी । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ५ लाख नाघेको छ । बिहीबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख १० हजार ६ सय ४६ पुगेको छ । त्यस्तै सो भाइरस संक्रमणबाट मर्नेको संख्या २३ हजार ७९ पुगेको छ भने चौबिस घण्टामा ३९ हजार ६ सय ७८ जना नयाँ संक्रमितहरु थपिएका छन्, सोही अवधिमा ९चौबिस घण्टा० विश्वमा १८ सय १ जनाको सो भाइरस संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने १८०१ मा इटाली र स्पेनका मात्र १२ सय १० जना रहेका छन् ।

इटालीमा बिहीबार मात्र ७ सय १२ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ सय ४ सय ९८ जनाको ज्यान गएको छ । त्यस्तै इरानमा १३७ जनाको मृत्यु भएको छ भने अमेरिकामा ७३ जनाको मृत्यु भएको छ । जर्मनी र नेदरल्यान्डसमा क्रमसः ३३ र ७८ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय १५ पुगेको छ भने स्पेनमा ४ हजार १ सय ४५ पुगेको छ ।

विश्वमा उक्त भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक नै इटाली र स्पेन देखिएका छन् । यी दुई मुलुकमा महामारी नियन्त्रण बाहिर जाने संकेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।चीनको उहानबाट सुरु भएको यो महामारी विश्वका करिब २ सय देशमा फैलिसकेको छ । चीनमै भने महामारी नियन्त्रणमा आइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर