काठमाडौं । एनसेलका सबै ग्राहकले आजै चैत १३ गते बाट लागू हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशतबोनस प्रदान गर्न सुरु गरेको छ । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो ।
संकटको अवस्थामा एनसेलले एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिवद्घ रहेको जनाएको छ । ग्राहकले रिचार्ज वापतप्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।
उदाहरणका लागि यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्त गर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्तगर्दछन् । बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ ।