Aamsanchar

कोरोना भाइरसका कारण इटाली र स्पेनमा २४ घण्टामा १४ सय बढीको मृत्यु

Author Image
शुक्रवार, चैत १४, २०७६

काठमाडौं । कोराना भाईरस उच्च महामारीको रुप लिदै  कोरोना भाइरसको कारण पछिल्लो एक दिनमा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा मृत्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि बिहीबार इटालीमा ८ हजारभन्दा बढीले बढेको छ । यससँगै इटालीमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ८० हजार नाघेको छ ।

त्यस्तै स्पेनमा पनि बिहीबार एकैदिन ७१८ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । यससँगै स्पेनमा पनि ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ । बिहीबार स्पेनमा नयाँ संक्रमित पनि ८ हजारभन्दा बढी देखिएका छन् । स्पेनमा समग्र संक्रमितको संख्या पनि ५७ हजार नाघेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर