Aamsanchar

कोरोना संकटको बेला वीएण्डसीको उद्धारभाव, अस्पताल सरकारलाई दिने

Author Image
शुक्रवार, चैत १४, २०७६

बिर्तामोड । पूवमै सुविधा सम्पन्न हस्पिटलको रुपमा रहेको झापा बिर्तामोडको बिएण्डसी हस्पिटल सरकारलाई आवसेक परे दिने घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी बढदै गएको अवस्थालाई मध्येनजर गरेर हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका लागि सरकारलाई हस्पिटल दिने घोषणा गरेका हुन् ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारसँग हस्पिटलले कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि सरकार संग पिपिई सेट र मास्क उपलब्ध गराउन माग गर्दा उपलब्ध नगराइएकाले हाल कोरोना शंकास्पत विरामीलाई उपचार गर्न नसकिएको जनाएको छ ।

हस्पिटलमा रहेको एक सय बेडको आईसीयु, आठ सय नर्मल बेड, २५ वटा भेन्टिलेटर र पाँच सय बेडको क्वारेन्टाइन सञ्चालनका लागि धाइजनमा तयारी अवस्थामा भवन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कोरोना विरुद्ध सरकारलाई निजी क्षेत्रको साथ र समर्थन दिनहुँ बढ्दै जान थालेको छ । यसै क्रममा विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले द्वारा हस्ताक्षर रहेको विज्ञप्तीमा वर्तमान संकट र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी जनताको स्वास्थ्यउपचारमा योगदान गर्न अस्पताललाई सरकारले चाहे कोरोना विशेष डेडिकेटेड अस्पताल बनाउन दिन तयार रहेको उल्लेख गरिएको छ ।

हस्पिटलमा रहेका १०५ जना डाक्टरसहितको स्वास्थ्यकर्मीलाइ आवश्यक व्यवस्थापन गर्दै सरकारले आजैका मितिदेखि प्रयोजन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको महामारी रोक्नका लागि बिएण्डसी हस्पिटलले राज्यलाई सहयोग गर्न यो निणर्य लिईएको जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

विज्ञप्ती यस्तो छ ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 449

प्रतिक्रिया (०)

सम्बन्धित खबर