Aamsanchar

यो फुर्सदबाट यस्तो बन्न सकिन्छ, कोरोनालाई धन्य भनौँ, समयको सदुपयोग यसरी गरौँ 

Author Image
शनिवार, चैत १५, २०७६

कोरोना भाइरसको प्रभावले लक्डाउनका कारण अहिले हामी फुर्सदमा छौँ ।
यो फुर्सदलाई कतिले मजाकमा उडाइरहेका छ्न् कतिले सक्दो सदुपयोग ।
यस्तो फुर्सद धन्नले पाएका छौँ हामीले । जिवनमा समय अभावका कारण गर्न नसक्या , नभ्याएका धेरै चिज छ्न् हामी संग , समय अभावले हाम्रा कत्ति इच्छा बिलाएका छ्न् ।
घरमा बर्षौं देखि थन्किएर बसेका पुस्तकहरु निकालेर अध्ययन गर्न भ्याइरहेका थिएनौँ , पुराना एल्बमका फोटा निकालेर रमाउन सकिरहेका थिएनौँ , परिवारसंगै बसेर खानपिन नगरेको महिनौं भएको थियो । नानीहरुलाई समय दिनपनि समय हेर्नू पर्थ्यो ।
अफिसको चिन्ता ,पढाईको चिन्ता , ब्यबहारको चिन्ता । के के हो के के । सब छाडेर आज हामीले प्राथमिकतामा आफ्नो स्वास्थ्यलाई राखेका छौँ । यी आखाले संसारका हरेकलाई देख्न सकिन्छ तर आफुलाई ?

तसर्थ:
अब आफू मा फर्क , आफ्नो स्वभावमा फर्क , प्रकृतिमा फर्क भनी यो समयले सिकाइरहेछ । म एक्लैले चाहेँ भने संसार जित्छु भन्ने हाम्रो दम्भलाई कति मजाले दबायो । र सिकाउदैछ तिमी अरुकै बसमा छौ ।

यो समय अतालिने र कमजोर बन्ने होइन , आत्मबल बढाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने अवसर हो । सरकार हाम्रै हितका निम्ति लकडाउनको समय थप्ने तरखरमा छ । यो समयको सदुपयोगले जीवन रुपान्तरण गर्न सकिन्छ ।

कसरी ?
करिब दुई र तीन हप्ता सम्म कुनै एक क्रियाकलापलाई निरन्तरता दिइरहने हो भने त्यो जिवनभर रहिरहन्छ भन्ने तथ्य हामिले महापुरुषहरुबाट सुन्दै आइरहेकै छौँ जुन बिज्ञानसम्मत पुष्टि भैसकेकै छ ।
यो समयमा आफुलाई इच्छा लागेका कुरा निरन्तर गरौँ । जस्तो  कसैलाई संगीतमा रमाउने इच्छा हुन सक्छ , कसैलाई नाच्ने , कसैलाई गित गाउने । मस्त गाना घन्काएर रमाउन नपाइरहेकाहरुका लागी यो समय आनन्दको श्रोत बनेर आएको छ । पुस्तक , उपन्यास , लेखर रचना, धार्मिक ग्रन्थमा रुचि भएकाहरुका लागि यो समय ज्ञानको श्रोत बनेर आएको छ । साहित्य ,संगित र कला मध्ये कुनै एकमा मनिस प्रत्यक्ष रपरोक्ष जोडिएकै हुन्छ । आफुलाई जुन क्षेत्रमा रुचि छ त्यसमा भरपुर समय दिई जिवनमा नया रङ्ग थप्ने बेला हो यो ।

फेसबुकमा नचाइदा च्याट गर्दै बस्ने हो भने त्यही बानी सदा बस्ला , नयाँ सोचको विकास गर्ने हो भने यसले जिवनभर नछाड्ला । होस गरौँ । युब्ट्युबका पनि अनावश्यक भिडियोमा मन नलगौँ यो आनन्द क्षणिक छ , आफ्नो रुचि अनुसारका आवस्यक र पाच्य सामाग्री हेरौँ यसले जीवन बदल्छ । यहाँ हरेक चिज अस्थिर छ । यो भाइरस पनि स्थिर छैन । हामिले बिगतमा यस्ता थुप्रै बिपतको सामना गरिसकेका छौँ । संसारमा र जिवनमा बिपत आउनु स्वभाविक हो जसरी समुद्रमा छालहरु आइरहन्छ्न् । छाल आउनु त्यो उसको स्वभाव हो समस्या होइन , तर असली समस्या त तब आउँछ जब हामी ढुङ्गा चलाउन जान्दैनौँ ।  तसर्थ स यो समय संयमताको समय हो ।

अत: संयमित विचार र धैर्यता ले आट दिन्छ , आट र विश्वासले जीवन दिन्छ ।
हामि सबको अन्तिम आश्रय नै प्रकृति हो । मानिसले गरेका कर्मले आज मानिसलाई नै भस्म पार्दैछ ,प्रकृतिलाई नस्ट गर्दैछ । यस्ता प्रवृत्तिले भोलि मानिसले मानिसलाई नै हत्या गरि उसैलाई आफ्नो आहार नबनाउला भन्न सकिन्न । यो सिदा पतनको मार्ग हो ।

के हामी यहि गर्न भनी आयौँ त यहाँ रु हामिलाई पठायो कसले रु किन पठायो रु के सधैँ हामी यहाँ रहिरहन्छौँ त रु रहन्नौ भने जान्छौँ कहाँ रु यी सारा प्रश्नका उत्तर प्रकृतिमा छ । के हामीले कहिलै सोच्यौँं ञम को हुँझ रु फुर्सद छैन हो ?
ब्यस्त छौँ भने हामिले गर्यौँ चाहिँ के ? दुनियाँ चिन्नुको के अर्थ जब आफू आफै संग अपरिचित छ भने ।  हामी त नेत्र पाएर पनि दृस्ठि बिहिन जस्ता भयौँ , जिब्रो छ तर स्वादहिन , ज्ञान बिहिन ।
अब आँखा खौलौँ । प्रकृति बिरामी छिन । जन्मदिनमा बत्ती निभाउछौँ , केट काट्छौँ , उता पश्चिमेलीहरु ह्याण्डचेक छाडेर नमस्कार मा आइसके ।

अब आफ्नो असलि घर र आफ्नो स्वरुपमा फर्कन यो समय आग्रह गर्दैछ । रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रकृतिमा प्रसस्त तत्व छ्न् । महापुरुषहरुको एकै संकेत हुन्छ ञ बेहोशिमा जन्मिएर बेहोशिमै नमर झ । जंगलका प्राणिहरु बहुमुल्य जरिबुट्टि सेवन गर्छन् ,जसको एक बेलाको आहार मात्र बिक्री गर्ने हो भने करोडौं रुपैया पुग्दछ , तर हामी पचास र सयको पिठो खाएर बस्या छौँ ।
सांसारको मालिक म नै हुँ भन्ने ले एक्छिन श्वास रोकेर देखाओस् । हामी उनै प्रकृतिको अधिनमा छौँ ।
गाईको गोबरले घरमा लोटाइन्छ , बढी बुद्दिमानी भएर मानिसले आफ्नै गोबरले लोटायो भने के हुन्छ ?
हाम्रा जरिबुट्टिबाट शरीर स्वस्थ र पुर्विय दर्शनद्वारा मन , विचार पवित्र हुन्छ एवं मनस्थिति प्रबल भन्ने हामिमा बर्षौ देखि ज्ञात हुँदै आएकै कुरा हो ।  स्वर्ग देख्न चाहिँ खोज्ने अनि मर्न देखि पनि डराउने ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 414

प्रतिक्रिया (०)