Aamsanchar

यूएइमा कोरोना संक्रमितको संख्या ४६८, थप ६३ जना नयाँ संक्रमित

Author Image
आइतवार, चैत १६, २०७६

यूएइ ।  युएइमामा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड –१९) आज थप ६३ जना संक्रमित भएको पुष्टि भएको युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै जानकारी दिएको छ । यो संगै युएईमा भाइरस संक्रमितको संख्या ४ सय ६२ पुगेको छ । त्यस्तै अहिले सम्म ५५ जना निको भएर घर फर्केका छन् ।

युएई सरकारले गत बिहीवारबाट घोषणा गरेको देश भर सार्वजनिक  सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित गर्न राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिने भएको छ । हरेक दिन राती ८ बजे देखि बिहान ६ बजे सम्म संचालन हुने यो अभियान आगामी आईतवार बिहान ६ बजे सम्म संचालन हुने सरकारको आधिकारिक ट्विट मार्फत जानकारी दिएको छ ।

उक्त राष्ट्रव्यापी अभियानको समयमा अत्यावश्यक काम बाहेक हिंडडुल गर्न तथा सार्वजनिक यातायात बन्द हुनेछ । बिहान ६ बजे देखि बेलुकी ८ बजे सम्मको समयमा हिंडडुल गर्न तथा नियमित कार्य गर्न कुनै बन्देज रहेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर