Aamsanchar

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

Author Image
बुधवार, जेठ ६, २०८३

हेटौंडा –  इच्छाकामना गाउँपालिका–१ कुलबाङगमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत शुक्रवार श्यामबहादुर चेपाङ र पदमा माया चेपाङको पाँच जनाको परिवारले आफ्नै घरमा जङ्गली च्याउ खाएका थिए ।

त्यसलगतै चेपाङ परिवारका तीन जना सदस्यमा स्वास्थ्य समस्या आएपछि स्थानीय स्वास्थ्य चौकीमा गएका थिए । त्यहाँ उपचार सम्भव नदेखिएपछि परिवारले भरतपुरस्थित सरकारी अस्पतालमा लगेका थिए । यद्यपी उनीहरुको उपचारको क्रममा गत शुक्रवार अन्दाजी ९ बर्षीय नमुना चेपाङको, गत शनिवार ११ बर्षका सञ्जय चेपाङ र गत मंगलवार १३ बर्षीय मनिता चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर