झापाको विर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन र संचालन कार्यविधि २०७६ पारित गरेको छ ।
आज वसेको नगर कार्य समितीको बैठकले कार्य विधि पारित गर्दै विर्तामोड मा ५० लाख रुपैयाको कोष खडा गर्ने निर्णय गरेको नगर प्रमुख धुर्व कुमार सिवाकोटीले जानकारी दिनु भयो ।
कोषमा नगर प्रमुख , उप प्रमुख सहित परिषदका सवै सदस्यले एक महिना वरावरको भत्ता जम्मा गर्ने निर्णय पनि भएको छ ।
राहत कोषमा सरकारी गैर्ह सरकारी क्षेत्र बाट प्राप्त हुने नगद र जिन्सी सहयोगलाई जम्मा गरिने नगरपालिकाले जनाएको छ । नगरका प्रवक्ता अग्नि प्रसाद पाण्डेका अनुसार वैठकले अति विपन्न ,असक्त पहिचानका मापदण्ड हरु समेत तय गरेको छ ।
यसैगरी नगर क्षेत्र भित्र रहनु भएका सवै साम्सद र संविधान सभाका सदस्यहरु रहने गरि सल्लाहकार समिती पनि गठन गरिएको छ। नगर स्तरिय समितीलाई सहयोग गर्न नगर प्रमुख ,उप प्रमुख र २ जना वडा अध्यक्ष सम्मिलित अनुगमन समिती गठन गरिएको प्रवक्ता पाण्डेले वताउनु भयो ।
अनुगमन समितीको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहनेछन । नगर कार्य समितीको वैठकले वडा अध्यक्ष संयोजक रहेको वडास्तरिय राहत व्यवस्थापन समिती समेत गठन गरेको छ ।
राहत प्याकेज वितरण कार्यमा टोल विकाश सस्थाहरुले सहयोग गर्ने वताइएको छ ।नगरको बैठकले कोरोना भाइरस संक्रमण रोकथामका विषयमा सरकारले गरेका निर्णय र निर्देशनलाई अक्षरस पालना गर्न नगरवासिहरुमा अपिल समेत गरेको छ ।