Aamsanchar

कोरोना भाइरसविरुद्ध लड्न पतंजलि द्वारा ४० करोड रुपैयाँ सहयोग

Author Image
सोमवार, चैत १७, २०७६

एजेन्सी । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणविरुद्ध लड्नका लागि भारतका कयौं उद्योगी व्यवसायी एकताबद्ध भएका छन् । यसैक्रममा योगगुरु बाबा रामदेव र आचार्य वालकृष्ण को पतंजलि आयुर्वेदले भारत सरकारले स्थापना गरेको ‘पीएम केयर फण्ड’ मा २५ करोड भारु (नेपाली ४० करोड) सहयोगको घोषणा गरेको छ ।

सोमबार बाबा रामदेवले भाइरसविरुद्ध लड्कालाई पतन्जलीले सो सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि यो फण्डमा दर्जनौ भारतीय उद्योगपतिहरुले दान दिइसकेका छन् । टाटा समूहले त अन्य उद्योगपतिको तुलनामा निकै धेरै अर्थात १५०० करोड भारु फण्डलाई दिने घोषणा गरिसकेको छ । पहिला ५०० करोड टाटा ट्रस्टमार्फत दिने घोषणा गरिएकोमा फेरि समूहले थप १००० करोड दिने घोषणा गरेको हो ।

यस्तै बलिउड अभिनेता अक्षय कुमारले पनि २५ करोड भारु दिने घोषणा गरेका छन् । भारतमा हालसम्म २९ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ भने यसबाट १ हजार ७१ जना प्रभावित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर