भरतपुर । चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ ।
मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो स्थानीयको भनाई छ । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एक दमकलद्वारा आगो नियन्त्रणमा लिईएको थियो ।
आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । आगलागी विद्युत सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 240