Aamsanchar

सरकारलाई पूर्वराजाको सहयोग, कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने घोषणा

Author Image
मङ्गलवार, चैत १८, २०७६

फायल तस्वीर : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा विभिन्न उद्योगी, समाजसेवीहरुले  सहयोग रकम जम्मा गर्न सुरु भएको अवस्थामा  पूर्व राज परिवारबाट  २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा भएको छ ।

मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाहले सन्देश जारी गर्दै हिमानी कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् । हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं,’ जारी सन्देशमा भनिएको छ ।

राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपील गरेका छन् । साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई छैन भन्ने सबैले बुझ्नुपर्ने समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)