
बुधबारे । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसीजले दुई स्वास्थ्य संस्थामा पीपीई प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन अहोरात्र खटिरहेका मेडिकल र क्लिनिकलाई पीपीई प्रदान गरेको हो । बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफू राईले जोखिम मोलेर खटिरहेकाहरुको सुरक्षा र सेवा प्रदानमा सहजता पुर्याउने उद्देश्यले पीपीई वितरण गरेको बताए ।
जेसीजले बुद्धाशान्ति–१ स्थित होक्से मेडिकल र बुद्धशान्ति–६ स्थित राई हेल्थ क्लिनिकलाई पीपीई प्रदान गरेको स्थानिय संञ्चारकर्मी अनिल वाग्लेले जानकारी दिए ।

बुधबारे जेसीजले कोरोना नियन्त्रण अभियान अन्तरगत लागि विभिन्न क्षेत्रमा सचेतना कार्यक्रम गरेको र साबुन सेनिट्राईजरको व्यवस्था मिलाएको अध्यक्ष राईले बताए ।
Views: 281


