सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाईरस महामारी तथा नियन्त्रणका लागि सहकार्यका साथै राहत प्याकेज घोषणा गरेको छ ।
कोरोना भाईरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो बिश्व कठिन समय र परिस्थितीबाट गुज्रिरहेको अवस्थामा नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत्र ९ गतेदेखि बन्द गरी लकडाउन गरेर सम्पूर्ण नागरिकहरुलाई घरमै बसेर सहयोग गर्न आह्वान गरेको को १२ औं दिन भई सकेको छ ।
१२ औं दिन सम्म आई पुग्दा अतिविपन्न परिवारको घरमा चुलो बन्न छोडेको अवस्थामा स्थानिय सरकारले राहत बितरण कार्य अघिसारी रहेको छ । सरकारले आफ्नो जिम्मेबारी त पुरा गर्दै छ, त्यो सहयोग आफैमा पर्याप्त भने छैन । हरेक संघसंस्थाले पनि आफ्ना सदस्यहरुको बारेमा सोच्ने बेला आएको पनि छ । आफ्ना सदस्य शेयर सदस्यहरु, कर्मचारीहरु र समुदायको हितको लागि मन फुकाएर आपत बिपदको यस घडिमा सहयोग गर्नु पर्ने दायित्व बोध गर्दै सहारा नेपाल साकोस स्थापनको २५ औं बर्ष पुराभएको मिति आजै परेकोले उक्त शन्दर्भलाई जोडेर राहतका कार्यक्रमहरु घोषणा गरेको हो ।
संस्थाले शुक्रबार विज्ञप्ती जारी गर्दै अति बिपन्न तथा लघुबित्त सदस्यहरुलाई लकडाउनको अवस्थामा घर खाँचो टार्न रु. १ हजार देखि ५हजारसम्म बिना ब्याजको सापटी रकम उपलब्ध गराईने भएको छ । उक्त रकम २ महिना भित्र बुझाउनु पर्ने र संस्थाले ७ करोड रुपैया ब्यवस्था गरेको साकोसका सहायक कार्यकारी प्रमुख लक्ष्मण खतिवडाले जानकारी दिए ।
झापाको बिर्तामोड–२,चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपालले सदस्यहरुले चैत्र मसान्त भित्र बुझाउनु पर्ने किस्ता तथा ब्याजलाई बैशाख भित्र बुझाउन सकिने र सो अवधिको हर्जना छुट पनि दिने भएको छ ।
बिपदको घडिमा प्रदेश सरकार, स्थानीय तह, जिल्ला बिपद् ब्यवस्थापन समन्वय समितिहरु सँगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाईनमा बसेका तथा बिपन्न परिवारहरुको लागि खाद्यान्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि पि.पि.ई सहयोग समेतको लागि सहारा कर्मचारी मानवीय सहायता कोषबाट ५० लाखको राहत प्याकेज घोषणा केही दिन अघि घोषणा गरिसकेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।