Aamsanchar

कोरोना भाइरस फैलिएको दिल्लीको धार्मिक सभामा ५ जना नेपाली सहभागी भएको खुलासा

Author Image
शुक्रवार, चैत २१, २०७६

उदयपुर :  धेरैलाई कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा केही नेपालीहरु मध्ये उदयपुरको पाँच जना पनि सहभागी भएको खुलेको छ । बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकजमा हुने धार्मिकसभामा दैनिक हजार भन्दा बढी श्रद्धालु सहभागी हुने गरेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरका अनुसार त्रियुगा नगरपालिका भित्रको चार जना र एक जना कटारी नगरपालिकाको रहेको जनाएको छ । त्रियुगा नगरपालिकाको चार जना अहिले त्रियुगा जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ भने कटारी नगरपालिकाबाट गएको व्यक्तिको पहिचान हुन नसकेको एसपी मगरले जानकारी दिए ।

धार्मिकसभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अरु दुई सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर