Aamsanchar

कोरोना रोकथाम अभियानमा चेम्बर अफ कमर्स झापाको योगदान

Author Image
आइतवार, चैत २३, २०७६

बिर्तामोड । कोरोना भाईरस संक्रमणबाट बचाउन चेम्बर अफ कमर्स झापाले बिर्तामोड नगरपालिका र ईलाका प्रहरी कार्यालयलाई मास्क हस्तान्तण गरेको छ । त्यसैगरी बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा जम्मा हुनेगरी चेम्बर अफ कमर्सको तर्फबाट ५१ हजार रुपैया उपलव्ध गराएको चेम्बर अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण बिमलीले जानकारी दिए ।

चेम्बरले नगरपालिका र ईलाका प्रहरी कार्यलयलाई गरी दुई सय थान मास्क पनि वितरण गरेको छ ।

व्यवसायीहरुको छाता संगठन चेम्बर अफ कमर्सले बिर्तामोडमा रहेका अतिआवस्यक पसलहरुमा केरोना संक्रमण हुनबाट बच्न विश्व स्वास्थ्य संगठनले तोकेको सामाजिक दुरीको रेखाङकन गर्ने काम पनि गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर