Aamsanchar

अर्जुनधारा प्याब्सनले राहतको लागि दियो एकसय बोरा चामल

Author Image
आइतवार, चैत २३, २०७६

अर्जुनधारा । कोरोना भाईरस संक्रमण फैलन सक्ने उच्च जोखिमलाई मध्ययेनजर गरेर सरकारले देश लकडाउन गरेको आज १३ औं दिन भई सकेको छ । पछिल्लो समयमा संक्रमणको संख्या ९ जना पुगे संगै भाईरस फैलिनेक्रमले भयको रुप लिने संकेत देखिएको छ । यो अवस्थामा स्वास्थ्य विज्ञहरुले लकडाउन बढाउन सरकारलाई सुझाव पनि दिन थालेका छन ।

दैनिक कमाएर ल्यायो अनि परिवारलाई खुवाएर आफू खाने गरेकाको घरमा चुलो बन्न छोडेको अवस्था भएको छ । स्थानिय तहले अतिविपन्न परिवाको लागि राहत सामाग्रीको जोहो गर्दे बितरण गर्न पनि सुरु गरेका छन । पालिकाहरुले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष खडा गरेर राहत बितरण सुरु गरेका हुन ।

आफैमा पालिकाहरुले कोषमा छुट्याएको रकम भने पर्याप्त नहुने भए पछि स्थानिय सरकाले विभिन्न संघ संस्था र व्यक्तिहरुलाई उक्त राहत कोषका लागि सहयोग गर्न आग्रह गरेका छन । त्यस्तै अर्जुनधारा नगरपालिकाले गरेको आग्रहलाई स्वीकार गर्दै अर्जुनधारा निजी तथा आवसीय अर्गनाईजेशन (प्याब्सन)ले अर्जुनधारा नगरपालिकामा स्थपना गरिएको राहत कोषका लागि खाद्ययन्न सामाग्री उपलब्ध गराएको छ ।

आईतबार नगरपालिको कार्यालय पुगेर नगर प्रमुख हरिकुमार राना मार्फत उक्त राहत समाग्री हस्तान्तरण गरिएको अर्जुनधारा नगर प्याब्सनका अध्यक्ष रुद्र सिटौलाले बताए ।

प्याब्सन केन्द्रको कार्यक्रम, झापा जिल्ला कार्य समितिको टेलीबैठकको निर्णय बमोजिम जारी गरिएको परिपत्र अनुसार अर्जुनधारा प्याब्सनले राहत उपलब्ध गराएको अर्जुनधारा प्याब्सनल सचिव राजेश आचार्यले जानकारी दिए ।
प्याब्सनले एक लाख पाँच हजार बराबरको खाद्ययन्न उपलब्ध गराएको छ । जसमा एकसय बोरा चामल रहेको छ, चामलको बोरा २५ केजी तौलका रहेको छ ।

महामारी संकटको वेला अर्जुनधारा प्याब्सने गरेको सहयोग र योगदानको नगर प्रमुख रानाले प्रशंषा गरेका छन् उनले अन्य संघ संस्थाकाहरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर