Aamsanchar

दुहबीस्थित एक इँटा उद्योगमा झडप, दर्जन भन्दा धेरै घाईते

Author Image
आइतवार, चैत २३, २०७६

फोटो : सामाजिक संजालबाट

सरकारले गरेको लकडाउनका बेला सुनसरीको दुहबीस्थित एक इँटा उद्योग सञ्चालन गरेको विषयमा विवाद हुँदा झडप भएको छ ।

उद्योग संचालक पक्ष र विपक्षमा उत्रिएका दुई समूहबीच झडप हुँदा एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ । राष्ट्रिय संकटलाई वेवस्था गर्दै उद्योग संचालन गरेको ठाउँमा स्थिति नियन्त्रणभन्दा बाहिर जाँदा घटनाले फरक मोड लिन पुगेको हो ।

दुबही–९ स्थित छाताबेलीमा रहेको जयबाबा इँटा उद्योग सञ्चालन गरेको विषयमा स्थानीयका दुई समूहबीच विवाद उत्पन्न भएको थियो । बिहान करिब ८ बजेतिर झडप भएको स्थानीयले बताएका छन ।

घटनामा १३ जना घाइते भएको उल्लेख गरिएको छ । घाइते भएका ताबिज मियाँका अनुसार उद्योगमा कार्यरत भारतीय मजदुरहरू गाउँ घुमेको विषयको सूचना प्रहरी र सञ्चारकर्मीलाई दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेहदी हुसैनको निर्देशनमा आक्रमण गरिएको बताए । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले घटना बारे छानविन भईरहेको बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर