Aamsanchar

पिंडामा पनि हास्न बाध्य कृषक

Author Image
सोमवार, चैत २४, २०७६

अर्जुनधारा । झापा अर्जुनधारा–९ कटहरडाँडाका मायाँनाथ घिमिरे यती बेला निकै चिन्तित र निरास देखिएका छन । तर पनि उनि मान्छेका अगाडी कृतिम हाँसो भने दिइरहेका छन ।
उनि यस्तो अवस्थामा हुनुको पछाडी लकडाउनको असर छ । यतीवेला उनले लगाएको बन्दाकोपी बिक्रि नभएर बोटमै सुक्न सुरुएको छ । अवको एक हप्ता भित्र टिपीनसके घामले गलेर सबै सखाब हुने छ ।

होटल खाजाहरुमा चाउमिन लगायतका परिकारको लागि प्रयोग गर्न अत्याधिक माग हुने गरेको बन्दा लकडाउनका कारण सबै क्षेत्र बन्द भएकाले यतीबेला उनको कोपी बिक्री हुन सकेको छैन । हुनत घिरिको मात्र हैन देशकै अर्थतन्त्र चौपट भएको बेला घिमिरेको पिंडा देख्दा समान्य लाग्न सक्छ, तर अरुको भन्दा फरक छ उनको समस्या ।

सामान्य कृषक हुन् अरुको एक विघाह जग्गा भाडाँमा लिएर तरकारी खेती सुरु गरेका छन बार्षिक ५० हजार तिर्नुपर्ने हुन्छ उनले उक्त रकम तिरेर बचेको पैषाले परिवार धान्नु र खेतीमा लगानी गर्नु पर्ने पिडांले उनी भावुक भनेका छन ।  तिन सय भन्दा धेरै बन्दा लगाएकोमा अहिले ५० बोट जती स्थानियहरुले एक दुईवटा गरि किनी दिएका छन । उनले प्रति किलो १० रुपैयामै बन्दा बिक्री गर्दै आएका छन ।

लकडाउनका कारण विपन्न, मजदुर वर्ग पिंडामा परेकाकाले स्थानिय सरकारले राहत बाडने काम गरिरहेका छन । तर घिमिरे जस्ता साना कृषककोे पिंडा कस्ले बुझिदिने । कम्तिमा स्थानिय सरकार र संघ संस्थाहरुले उनको तरकारी किनीदिएर पनि सहयोग गर्न सकिन्छ । किनेको तरकारी सामाजिक काम गर्ने संस्थाले विपन्न मजदुर हरुलाई दिएर पनि योग दान गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर