Aamsanchar

कोरोनाबाट भारतमा ज्यान गुमाउनेको संख्या १ सय ३२ पुग्यो

Author Image
सोमवार, चैत २४, २०७६

भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको छ। त्यस्तै सोमबारसम्म चार हजार चार सय ६० जना संक्रमित भइसकेका भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।

सोमबार महाराष्ट्रमा ३३, गुजरातमा १६, आन्धप्रदेशमा १४, राजस्थानमा ८, झारखण्डमा एक जना नयाँ संक्रमित थपिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६ सय ५ नयाँ संक्रमित भेटिएका थिए ।

भारतमा सोमबारसम्म बिहान ९ बजेसम्म दुई सय ९१ जना उपचारपछि घर फर्किएका बताइएको छ। भारतमा ७ लाख र्‍यापिड टेस्टिङ किट ल्याइँदै इन्डियन काउन्सिल अफ मेडिकल रिपोर्ट (आइसिएमआर) अनुसार भारतमा ७ लाख र्‍यापिड एन्टी बडी टेस्टिङ किट ल्याउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

आइसिएमआरका अनुसार यी किट अगल अलग समयमा ल्याइने भएको छ। पहिलो चरणमा पाँच लाख किट ल्याइने जनाइएको छ। यी र्‍यापिड किटमार्फत एक थोपा रगतबाटै १० मिनेटभित्र कोरोना संक्रमण भए नभएको पत्ता लाग्नेछ। यसैगरी विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनले जनाएअनुसार सोमबार बिहानसम्म निकालेको तथ्यांकअनुसार विश्वका दुई सय चार देशमा यसको संक्रमण फैलिसकेको छ। कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा प्रभाव पारेको छ। अमेरिकामा तीन लाख ३७ हजारमा कोरोना संक्रमण भइसकेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। त्यहाँ ९ हजार चार सयभन्दा बढीको मृत्यु भइसकेको छ। न्युयोर्कमा मात्रै चार हजार एक सय ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर