Aamsanchar

लकडाउनको समयमा पत्लेखेतका किसान खेतबारीमा व्यस्त

Author Image
बुधवार, चैत २६, २०७६

धुलिखेल । धुलिखेल नगरपालिका ११ काभ्रे पात्लेखेतका अहिले गँहु, मुसुरो, तोरी, केराउ, धनिया, लसुन स्याहार्ने समय हो । किसानहरु आफ्नो खेतमा पाकिसकेको बाली स्याहार्न जुटेका छन । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारद्धारा लकडाउन लागू भएपछि घरमा बस्न बाध्य भएका काभ्रे पात्लेखेतका किसानहरु अहिले खेतमा देखीन थालेका छन । घर भन्दा बाहिर जान रोक लागेको अवास्थामा आफ्नो समयलाई अहिले खेतबारीमा दिएको पाइएको छ । किसानहरु एक मिटरको दुरी बनाएर आफनो खेतमा काम गरेको पाइन्छ ।

किसानहरुले यो लकडाउनको समयलाई खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् । खेती किसानीको समय बाहेक ज्याला मजदुरी गर्ने किसानहरु आहिले दैनिकी यतिबेला आफनो बालीनाली स्याहार्नमा बिताइ रहेका छन् ।
धुलिखेल नगरपालिका ११ काभ्रे पात्लेखेतका किसान रमा भुर्तेल भन्नू हुन्छ अरुबेला गाउमा खासै खेती किसानी नगर्नेहरु पनि लकडाउनमा आफनो खेतममा काम गरी विताएको बताउनु भयो । अर्का किसान भने “अरु बेला फुुर्सदमा हुदाँ साथीहरुसँग घुम्ने गरिन्थ्यो अहिले कोरोना भाइरसको त्रासले घरमै बस्ने र आफनो खेतमा काम गरेर विताएको छु ।”

त्यस्तै शिक्षा हासिल गर्न बाहिर गएका गएका छोराछोरी लकडाउनमा घर आएकोले काम गर्न सजिलो भएको काभ्रे पात्लेखेतका प्रकाश तिवारीले बताउनु भयो । छोराछोरीले यतिबेला घरपरिवारलाई सहयोग गर्नका साथै आफूले जानेका घरेलु सीपको प्रयोग गरेर बितिरहेको भनाई रहेको छ । अहिले गाउँघरमा खेती स्याहार्नै समय भएकाले यही काममा सहयोग गरेको छन। गाँउमा भीडभाड गरेर गफ लगाएर बस्नुभन्दा सुरक्षित भएर आफूले जानेको काम गरेर यो समयको विताएको कृष्णप्रसाद बताउनु भयो ।

नेपाल सरकारले लागु गरेको लकडाउनको अहिले किसानहरुले आफनो खेतमा सदुपयोग गरीरहेका छन । लकडाउन लागू भएपछि अधिकांस व्यक्ती अहिले आफूले घरमा खेतबारीमा जानेको काम गरेर सदुपयोग गरिरहेका छन् ।
इलाका प्रशासन कार्यालय काभ्रे पात्लेखेतकाले खेतमा काम गर्ने किसानहरुलाई खेतमा काम गर्दा एक मिटरको दुरी बनाएर काम गर्न अनुरोध गरेको छ । प्रशासनले किसानको मर्का बुझेर काम गर्न दिएकोमा किसानहरु प्रशासन प्रति प्रसन्न देखीएका छन । यसले गर्दा किसानहरुले लकडाउनको राम्रो सदुपयोग गरेको पाइन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर