देशले लकडाउनको १६ दिन र कोरोना संक्रमणको दोस्रो चरण प्रवेश गरिसकेको छ भने देशका अधिकांश निकाय अझै यस महामारी संग कसरी जोगिने भन्ने उपाएको खोजिमा तल्लीन छन् ।
यस महामारी संग जोहरी खेल्दै प्रथम पंक्तिका सेवक अर्थात स्वस्थकर्मीहरुले उचित स्वस्थ सुरक्षा सामग्रीको अभावमा कार्यसम्पदान गरि रहेको खबर दैनिक संचार माध्यम र सामाजिक संजाल मा सुन्न पाइन्छ भने,महामारीको रूप लिसकेको कोरोना संक्रमणलाई फैलिन बाट रोकन र चेन ब्रेक गर्न सरकारले लगाएको लकडाउन लाई सफल बनाउना सुरक्षाकर्मीहरु निस्वार्थ रूपमा होमिएका छन , तर तिनै सुरक्षाकर्मी को स्तिथि पनि दयनीय रहेकोको छ ।
देशको राजधानीमा प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई उचित सतर्कताका साथ,आवश्यक सुरक्षा सामग्री को प्रयोग गर्दै लकडाउन उल्लंघन गर्नेलाई समात्ने बिशेष उपकरण ” Social Distancing Pliers “को प्रयोग गरेर नियनत्रणमा लिदै आएको छ भने पूर्वी नेपालको अवस्था भने उल्टो देखिएको छ । झपको भिभिन्ना ठाउँ हरुमा दैनिक १८ देखी २४ घण्टा सम्मको ड्युटी रहेको सुरक्षाकर्मीले सामान्य कपडाको मस्क लगाएर ड्युटी गरिरहेको छन् भने केहिले, सहयोगी हातले उपलब्ध गराएका पन्जा प्रयोग गर्नु परेको बध्यात्मक स्तिथी पनि छ।
सरकारले सुरक्षा सामग्री उपलब्ध गराएको या न गराएको प्रश्नको जवाफमा ड्यूटीमा कार्यरत एक महिला सुरक्षाकर्मीको भनाइ यस प्रकार रहेको छ ” अस्ति अस्ति केहि थान पन्जा आएको थ्यो सकिगो, मास्क पनि आफ्नै पैसाले किनेर लगाउनु परेको छ ” दैनिक सडकमा खटिरहेका यी सुरक्षाकर्मी उच्च जोखिममा रहेको कुरा सरकारलाई अवगत रही रहेको अवस्थामा पनि सरोकरवालाको उदाशीनता किन? उचित स्वास्थ्य सुरक्षा उपकरणको अभावको कारणले यी राष्ट्र सेवाकलाई कोरोना संक्रमणले सजिलो सिकार नबनाउला भन्न सकिन्न ।
एकातिर देश को राजधानी मा Social Distancing pliers जस्ता आधुनिक उपकरण प्रयोग भईरहेको छ भने अर्को तिर झापाका प्रहरीले भाटाको र आफैले निर्माण गरेका कामचलाऊ उपकरणकै भर मै कोरोनासंगको युद्ध लडिरहेको छन् । देशको प्रत्येक नागरिकको ज्यानको सुरक्षा राज्यको दायित्व हो। सम्बंधित निकाय र मानवअधिकार संस्थाको यस बिषयमा अभिलम्ब ध्यानआकर्षण हुनु अति आवश्यक देखिएको छ ।